उमेश कुमार यादव,
राजविराज, ०२ भाद्र ।
सप्तरीको बोदेबर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित ॐ पतंजलि योगाभ्यास भवनको बुधवार एक कार्यक्रम बिच शिलान्यास भएको छ । योग करु निरोग रहु नारालाई सार्थक तुल्याउन आम समुदायलाई अनुरोध गर्दै सो योगभ्यासका लागी भवनको शिलन्यास भएको हो । शिलन्यास कार्यक्रममा पतंजलि योग समिति नेपाल ,प्रदेश न.०२ को अध्यक्ष हरिहर लाल चौधरी , जिल्ला अध्यक्ष – राम स्वरुप चौधरी , महा मन्त्री – बिजय चौधरी , बोदे बर्साईन नगर अध्यक्ष – सन्जिब अग्रवाल , नगर ब्यापार संघ बोदे बर्साईनको प्रतिनिधिहरु , पत्रकार , ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको प्रमुख , सशस्त्र बेश क्याम्प बोदे बर्साईनको प्रमुख , स्थानीय जनप्रतिनिधि, वडा अध्यक्षहरु , ग्रामवासी,बुद्धिजीवी , सल्लाहकार , राजनीतिक्रमी , ब्यापारी लगायतको उपस्थिति रहेको थियो ।
बोदेबरसाईन नपाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा शिलन्यास गरिएको सो भवनबाट हुने लाभका बारेमा विभिन्न वत्ताहरुले आआफ्नो मन्तव्य राखेको थिए ।
यसरी नै शुभरनपट्टी सशस्त्र प्रहरी बेश क्याम्पका प्रहरी निरिक्षक उद्धव विष्टलाई एक कार्यक्रम विच नगर प्रमुख आतेश सिंह यादवको प्रमुख अतिथ्यमा विदाई गरिएको छ । सो कार्यक्रममा नव आगन्तुक सशस्त्र प्रहरी नायव निरिक्षक अंगद हरिजन दासलाई स्वागत गरिएको छ ।
सम्पन्न सो विदाई समारोहमा इलाका प्रहरी कार्यालय बोदेबरसाईनका प्रमुख जयप्रकाश साह, बोदेबरसाईन नपाका नगर व्यापार संघका उपाध्यक्ष राधेश्याम भगत, सचिव अनिल प्रसाद सिंह सदस्य आशिष अग्रवाल, राजनीतिकर्मी, बुद्धिजिवि समेतको उपस्थ्तिी रहेको थियो ।