भूपदेव माली, असोज १६ गते/राजबिराज। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सप्तरी द्वारा हिजो १५ गते सनिवार का दिन सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर-१ २ धरमपुर नस्थित नेकपा एमालेका वृहत आमसभा सफलता पूर्वक सम्पन्न भएको हुँदा सहयोग गर्नेहरुलाई बधाई एवं कृतज्ञता ज्ञापन गरेको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सप्तरीको आयोजनामा राष्ट्रिय युवा संघ नेपालका,मधेस प्रदेश कमिटी अध्यक्ष कमरेड मोबिन आलम ज्युको अध्यक्षता र नेकपा(एमाले)श्रद्वेय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री कमरेड केपी शर्मा ओली ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सम्पन्न सभा धर्मेश खेलमैदानमा ५० हजार भन्दा बढीको सहभागितामा प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी घोषणाको जनसभालाई कमरेड ओलीले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय युवा संघले मधेस प्रदेश परिचालन कमिटी घोषणा गर्दै नेकपा(एमाले)लाई मंसिर ४ मा बहुमतले जिताउन “एभ्री बुथ हन्ड्रेड युथ”को रणनीति लिएको छ।साथै आयोजकले सप्तरी जिल्ला कमिटी समेत घोषणा गरेको छ।कमरेड चितरंजन यादवको नेतृत्वमा ६५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रन्जित भगत,सचिवमा सरोज राणा मगर,सह-सचीवमा बिकास इसरलाई चयन गरेको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सप्तरीले देशभक्त युवाहरुको लोकप्रिय तथा हाम्रो गौरवशाली संगठन राष्ट्रिय युवा संघ नेपाल,मधेस प्रदेश कमिटीको आयोजनामा सप्तरी जिल्लाको हाल सम्मकै शानदार जनसभा भएको राष्ट्रिय युवा संघको ठहर रहेको भनिएको छ।श्रद्वेय अध्यक्षको आगमनले जुरुक्क उठेको सप्तरीवासीको सहभागिताले ऐतिहासिक जनसभामा वर्णित भएको भन्दै यसका लागि दिनरात नबुझी व्यवस्थापन गर्नुभएका सप्तरी जिल्लाका जिम्मेवार नेता कमरेडहरु,जिल्ला कमिटी सप्तरी,युवा संघका जिल्ला इन्चार्ज तथा जिल्ला कमिटी लगायत जनसभा सफल बनाउन सहभागी हुने विभिन्न तहका नेता कमरेडहरु, पार्टी सदस्य,युवा संघका १८ वटै पालिकाबाट आउनु भएका स्वयंसेवक मित्रहरू,सुरक्षा निकायका मित्रहरू,पत्रकार मित्रहरू र शुभेच्छुक न्याय प्रेमी जनसमुदायलाई हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गरेका छन् ।