https://youtu.be/hTawF1dYxsM https://youtu.be/hTawF1dYxsM भुपदेव माली, आश्विन १६ गते/ राजबिराज। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नं-१ भारदह स्थित प्रसिद्ध शक्तिपीठ कंकालिनी भगवती मन्दिरमा आइतबार बेली परिक्षण शोभायात्रा अनुष्ठान सम्पन्न भएको छ। हरेक वर्ष बडादसैँको सप्तमी तिथी फूलपातीका दिन मन्दिर द्वारा बेल तोड्न जाने हुँदा सो बेली परीक्षण शोभायात्रा सम्पन गरिएको हो। मन्दिरको पुजारी को अगुवाइमा निस्केको सो शोभायात्रामा मन्दिर विकास समितिका सम्पूर्ण पदाधिकारीहरु नगरप्रमुख बिरेन्द्र माझी, वडा नम्बर -१ का वडाध्यक्ष सुरेन्द्र मण्डल सशस्त्र बेस क्याम्प भारदहका प्रहरी टोली, इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक गोकुल बलायर नेतृत्वका प्रहरी टोली ट्राफिक प्रहरी पोष्ट भारदहका प्रमुख तेजबहादुर खतिवडा नेतृत्व का ट्राफिक प्रहरी टोली, नगर प्रहरी टोली लगायत भारदह ग्रामका हजारौ मानिसहरू सहभागिता रहेको सो शोभायात्रा भारदह गाउँ हुँदै भारदह बजार परिक्रमा गरी सनातन मण्डलको घरबाट बेल तोडेर सो शोभायात्रा पुनः कंकालिनी मन्दिरमा फर्केको थियो । कंकालिनी मन्दिरको धार्मिक परम्पराअनुसार बेलीi परीक्षण गरी अर्थात् तोडिएको बेलबाट र अन्य छपन्न परिकारका खाना, मदिरा आदिद्वारा मध्यरातीको बेला भगवतीको निशा बली दिने परम्परा रहेको छ।