भूपदेव माली,
राजविराज, २६ भाद्र ।
सप्तरीको प्रसिद्ध धार्मिक स्थल कृष्णा सावरन मरौटी जाने बाटोमा नवनिर्मित प्रवेश द्वारलाई मधेश प्रदेशका समाजिक विकास मंत्री नवलकिशोर साहले एक कार्यक्रम विच आईतवार उद्घाटन गरेका छन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नं. १ घोघिदाहामा चर्चित धार्मिक पर्यटन क्षेत्रलाई आकर्षक बनाउन मधेश प्रदेश उद्योग वन तथा पर्यटन मंत्रालयको १५ लाखको लागतमा निर्माण गरिएको भव्य प्रवेश द्वारलाई मंत्री साहले रिवन काटेर उद्घाटन गरिएको हो ।
कृष्णासवरन मरौटी निर्माण उपभोक्त समितिका अध्यक्ष श्रवण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता, रुपनी गाउँपालिकाका पूर्व अध्यक्ष एवम् जसपा जिल्ला सचिव हरेराम यादव, जसपा जिल्ला कोषाध्यक्ष बृजमान तामाङ, अग्निसाईर कृष्णासवरन गाउँपालिका पूर्व उपाध्यक्ष मिना चौधरी, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख डिएफओ हेमन्त कुमार साह, स्वास्थ्य कार्यालय सप्तरी एवम् सामाजिक एकाई शाखा सप्तरीका प्रमुख दुनियाँलाल यादव, नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति भुवन आचार्य, जसपा कंचनरुप नगरपालिकाका अध्यक्ष सुदम्बर यादव, जसपा जिल्ला सदस्य मोतिलाल चौधरी, जसपा नेता राज कुमार यादव लगायतका उपस्थिती रहेको थियो ।
आयोजित उद्घाटन समारोहका प्रमुख अतिथीको आसनबाट मंत्री साहले म आफ्नो जिल्लाका विभिन्न पालिकाहरुमा विकासलाई प्राथमिकतामा राखी आफ्नो विवेक र क्षमताले भ्याए सम्म निरन्तर सहयोग गर्दै आएको बताउदै मंत्री साहले अन्य अन्य मंत्रालयहरुबाट भिख मागेर भए पनि विकास गर्ने अठोत लिएको बताउनु भयो ।
जसपा जिल्ला सदस्य चित्तरंजन यादवद्वारा संचालित कार्यक्रममा स्वागत अग्निसाईर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले गरे भने दलित विकास समितिका सदस्य श्यामसुन्दर सरदारले धन्यवाद व्यक्त गरे ।