भूपदेव माली
राजबिराज, २२ श्रावण ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आईतबार बसेको बैठकमा पुराना करारमा कार्यरत कर्मचारीलाई म्याद थप गर्ने विषयमा मेयर पक्ष र जसपा पक्ष बाट निर्वाचित जनप्रतिनिधि बिच विवाद उत्पन्न भएको छ।
जसपा पक्षका जनप्रतिनिधि द्वारा पुरानो करारमा कार्यरत कर्मचारीलाई म्याद थप गर्ने प्रस्ताव राखे पछि मेयर विरेन्द्र माझीले सो प्रस्तावलाई अस्वीकार गरी नयाँ कर्मचारी राखिने कुरा गर्दा सो विवाद उत्पन्न भएको हो।
बसेको बोर्ड बैठकमा जसपा पक्ष बाट वडा नं –१४ का वडाध्यक्ष कृष कुमार यादवले पुरानो करारमा कार्यरत कर्मचारीहरु अनुभवी र ओहदा भन्दा उच्च स्तरको प्राविधिक कार्य गर्न सफल भएका हुदा नयाँ कर्मचारीलाई काम सिक्नको लागि बर्षो लाग्ने तर्कहरू प्रस्तुत गरिएको प्रति मेयर माझीले सो को विरुद्ध नयाँ विज्ञापन द्वारा कर्मचारीलाई राखिने कुराको लामो विवाद मात्र नभई दुबैपक्ष बिच हातापाई हुने स्थितिमा पुग्ने सम्भावना प्रबल भएपछि बैठक नटुगिंएको वडाध्यक्ष कृष कुमार यादवले बताउनुभयो।
आयोजित बैठक दुवै पक्ष बिच हरेक बुन्दामा सहमति गरी नगर परिषद् गराउने विषयमा केन्द्रित भएतापनि उत्पन्न विवादका कारण स्थगित गरिएको थियो।