भूपदेव माली,
राजविराज, ०१ साउन ।
सप्तरीमा बढुवा भएका शिक्षकहरुलाई एक कार्यक्रम विच आईतवार बघाई तथा सम्मान गरेको छ ।
शिक्षा पेशामा उत्कृष्ट भूमिका निर्वाह गरेका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्वय ईकाईले उच्च मुल्याङ्कनको आधारमा वढुवा भएका शिक्षकहरुलाई बधाई दिनु संगै फुल माला तथा अबिरको टिको लगाई दिई सम्मान गरेको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई सप्तरीका इकाई प्रमुख विजय कुमार मंडलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा विजय यादव, विरेन्द्र कुशियैत, नेपाल शिक्षक महासंघका के.स. दिनेश कुमार यादव लगायत शिक्षकहरुको उपस्थ्तिी थियो ।
शिक्षा कार्यक्रममा सम्पन्न भएको सो कार्यक्रममा इकाई प्रमुख विजय कुमार मंडल एवं दिनेश प्रसाद यादवले बढुवा भएका शिक्षकहरुलाई सम्मान गरेका थिए ।
बढुवा भएका शिक्षकहरु मावि. द्वितीयमा रवीन्द्र कुमार साह – श्री जनता शंकर मा. वि. राजगढ –३ नर्घो, प्रथममा जय कुमार साह रा. आ.वि. खडग नपा.–२ दुहवी,प्रा. वि. द्वितीयमा जीवन कुमार चौधरी जनता आ. वि. सुरुगां नपा.–२ प्रमाणपुर द्धितिय, विरेन्द्र प्रसाद साह रा.आ.वि. सुरुङ्गा ५ बनिगामा, इन्द्रदेव यादव, रमेश ना.आ.वि. विद्यामंदिर राजविराज–६ र रामानन्द यादव मा.वि. रुपनी–३ हर्दियाकटैया रहेका छन ।