इमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, ३१ असार ।
मधेश प्रदेश सरकारले आ. ब. २०७९÷०८० मा मधेश प्रदेशका अन्तर्गतको गाउंपालिकाको सवै वडाहरुमा स्वास्थ्य चेकजाँच गर्न र अन्य आवश्यक सहयोग गर्न स्वास्थ्यकर्मी परिचालन गर्ने भएका छन।
प्रदेश का हरेक जनताले स्वास्थ्य सेवा लिन पाओस् भन्ने उद्देश्यले प्रदेश सरकारले सो कार्यक्रम संचालन गरिने भएको हो।
मुख्य मन्त्री धरदैलौ स्वास्थ्य सेवा कार्यक्रम नामले संचालन हुने सो कार्यक्रमको संचालन सामाजिक विकास मन्त्रालयले गर्नेछ । जनकपुरधामको राजदरवारमा आयोजित सो कार्यक्रमको पैरवि कार्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशको जनताको स्वास्थ्यको लागि यस किसिमको कार्यक्रम ल्याएको वताउनुभएको छ।