भुपदेव माली,
राजविराज, २९ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका वडा नं. १ स्थितवि.पी स्मारक मा.वि.का विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा राजकुमार गाईमलाई सर्वसम्मतिबाट सोमवार निर्णय गरेको छ ।
व्यवस्थापन समितिको लागि निर्वाचन भएपनि अध्यक्ष पदका लागि ३ महिना देखि अलमल रहेको सो पदमा सर्वाधिक मतको आधारमा गाईमलाई अध्यक्ष हुने निर्णय भएको हो ।
समितिमा पदेन सदस्यको रुपमा वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र मण्डल, सदस्य सचिवमा विद्यालयका प्र.अ. प्रकाश गुप्ता, सदस्यहरुमा प्रभात कुमार मण्डल, रञ्जना कुमारी इसर, सुनिता कुमारी माझी, रुवि कुमारी शर्मा, शम्भु कुमार मण्डल रहने गरी समितिले पूर्णता पाएको छ ।
स्थानिय राजनीतिको खिचातानीले गर्दा वर्षौ देखि व्यवस्थापन समिति विहिन रहेको वि.पी स्मारक मा.वि.को व्यवस्थापन समिति गत चैत्रमा निर्वाचन प्रक्रियाबाट निर्वाचित सदस्यहरुबाट बल्लतल्ल असार २७ गतेका दिन समिति पूर्णता पाएको अध्यक्ष राजकुमार गाईमले बताए ।