भूपदेव माली,
राजविराज, ०१ भाद्र ।
जनता समाजवादी पार्टी द्वारा तेश्रो मधेश आन्दोलनको क्रममा पहिलो शहादत प्राप्त गरेका शहिद राजिव राउतलाई मंगलवार श्रद्धाञ्जली दिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत भरादह बाजार स्थित शहिद राजिव चौक स्थित नवनिर्मित शहिद स्मारक गोलम्बरमा एक कार्यक्रम गरी राजिवको छैठौ स्मृति दिवसको रुपमा राजिवको फोटो राखेर फूलमाला चढाएर श्रद्धाञ्जली दिएको हो ।
मधेशीको हक अधिकार संविधानमा राखिनुपर्ने उद्देश्यले मधेशी दलहरु द्वारा गरिएको तेश्रो मधेश आन्दोलनको क्रममा आजकै दिन प्रहरीको गोली द्वारा हनुमाननगर कंकालिनी नपा १ भारदह बस्ने राजिव राउतको निधन भएको थियो ।
जसपा का नेता विरेन्द्र माझीको आध्यक्षतामा सम्पन्न सो श्रद्धाञ्जली कार्यक्रममा जसपा सप्तरीका नि. अध्यक्ष केदार यादव, जि.स. रामेश्वर यादव, जि.स. निलेश झा, जसपा विद्यार्थीका क.स. श्याम यादव, जसपा प्रदेश २ का यूवा उपाध्यक्ष थापा यादव, स्थानिय नेता जयसुन्दर खिडहरी यादव, दिनेश्वर यादव(बम्मर) वडा नं. १ का वडा अध्यक्ष भिमराज मंडल, वडा नं. २ का वडा अध्यक्ष संतोष यादव लगायत जसपाका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
रामानन्द यादवले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा मधेश मधेशीको हक अधिकार प्राप्तिका लागि शहादत दिएका सम्पूर्ण मधेशी शहादतहरुको सो उद्देश्य पुर्ति तिर मधेशी दलहरु लागि परेको कार्यक्रममा बक्ताहरुले आआफ्ना मन्तव्य राखेका थिए ।