भुपदेव माली,
राजविराज, २९ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बाजार स्थित रोयल सेकेण्डरी स्कुलमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
गुरु पूर्णिमाको अवसर पारेर विद्यालय द्वारा आयोजित बकतृत्वकला प्रतियोगिताको शीर्षक “ मानवीय विकासमा गुरुको भूमिका“ रहेको थियो ।
विद्यालयका प्रिन्सिपल दिनेश कुमार यादवको अध्यक्षता तथा देवनाथ यादवको सहकार्यमा सम्पन्न कार्यक्रममा कक्षा ६ देखि कक्षा १० का छात्र– छात्राहरुले भाग लिएका थिए । कक्षागत रूपमा आयोजित बकतृत्वकला प्रतियोगिता कार्यक्रममा कक्षा ७ का महेश राय प्रथम, कक्षा १० का शेखर यादव द्वितीय, कक्षा ९ का सावन राय र कक्षा १० का मधु तिबारी र चतुर्थ स्थानमा सफल भएका थिए ।
जम्मा २६ जना विद्यार्थीहरुले सहभागी भएका सो कार्यक्रमको मंच संचालन शिक्षक नरेश झाले गरेका थिए भने अंक तथ्याङ्क संकलन गर्न शिक्षक शौरभ यादवले गरेका थिए । विजेता घोषित भएका विद्यार्थीलाई विद्यालय द्वारा पुरस्कार प्रदान गरिएको थियो । https://youtu.be/gh5S-EEW3zY https://youtu.be/gh5S-EEW3zY