भूपदेव माली,
राजविराज, २३ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा ३ को महुली स्थित पूर्व पश्चिम लोकमार्गमा ट्राफिक प्रहरी द्वारा कडा चेकजाँच गर्ने गरेका छन् ।
मादक पदार्थ सेवनगरी लाईसेन्स विना सवारी साधन चलाउने, हेलमेट विनाको मोटर साईकल गुडियाउनाले बढदो सडक दुर्घटना नियन्त्रण गर्नका लागि सो कडा चेकजाँच गर्न थालिएको हो ।
ट्राफिक प्रहरी भारदहको आयोजना तथा इलाका प्रहरी कार्यालय भारदहको सहयोगमा विहिवार थालिएको चेक जाँचमा खासगरी मोटर साईकल चालकलाई लक्षित गरी मुख सुधने, लाईसेन्स तथा ब्लुबुक चेक गर्ने र हेलमेट लगाएको वा नलगाएको चेक गर्ने गरेका छन् । https://youtu.be/bI-XotzVpU4
ट्राफिक पोष्ट भारदहका प्रमुख प्रस.नी तेज बहादुर खतिवडाको नेतृत्वमा ट्राफिक जवान तथा प्र.स.नी बी.डी बस्नेतको नेतृत्वमा प्रहरीहरु रहेको सो चेकजाँच क्रममा सेकडौ सवारी साधनहरु चेकजाँच गरेका थिए भने धेरै सवारी चालकहरुलाई जरिवाना समेत गरिएको थियो । https://youtu.be/bI-XotzVpU4