भूपदेव माली
राजविराज, १० असार
भारदह बाजार स्थित रोयल सेकेण्डरी स्कुलमा शुक्रबार छात्र – छात्रा बिच वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयमा हरेक शुक्रबार विद्यार्थीलाई बाहिरी ज्ञान प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिने अतिरिक्त कृयाकलाप प्रतियोगिता अन्तर्गत सो वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो।
विद्यालयका को–अर्डिनेटर देवनाथ यादव एवं शिक्षक शौरभ कुमार यादवको बिशेष पहलमा आयोजना गरिएको प्रतियोगितामा कार्यक्रम सञ्चालन शिक्षक नरेश झाले विद्यार्थीहरुलाई अनुशासित ढंगले प्रस्तुति गर्न मौका प्रदान गरिएका थिए।
“शिक्षा आजको आवश्यकता“ शिर्षक लिएर भएको सो प्रतियोगितामा कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले भाग लिएका थिए।
प्रतियोगितामा सहभागी भएका मध्ये कक्षा ९ का साबन राय प्रथम विजेता घोषित भएका थिए भने क्रमशः कक्षा ९ का युवराज यादव द्वितीय, कक्षा ७ का महेश राय तृतीय स्थान हासिल गरेका थिए।
जम्मा २७ जना विद्यार्थीहरुले सहभागिता जनाउने सो मध्ये विजेता घोषित भएकाहरुलाई विद्यालयका प्रिन्सिपल दिनेश कुमार यादव द्वारा पुरस्कार वितरण गरेका थिए।