आज प्रेस स्वतन्त्रता दिवस हो । आजको दिन अर्थात हरेक वर्षको मई ३ तारिखका दिन संसारले विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
सन १९९१ मा यूनोस्कोको जनरल काँन्फ्रेन्सको सिफारिस पछि वर्ष १९९३ मा संयुक्त राष्ट्र महासभाले विश्व स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
आजको दिन संयूक्त राष्ट्र शैक्षनिक, बैज्ञानिक एवं साँस्कृतिक संगठन UNESCO द्वारा आयोजित जनरल कन्फ्रेन्स (सम्मेलन) द्वारा संयुक्त राष्ट्रसंग अवद्ध सरकारहरुलाई प्रेस स्वतन्त्रता प्रतिको आफ्नो प्रतिवद्धताको सम्मान गर्नु पर्ने र प्रेस स्वतन्त्रता र ब्यवसायिक नैतिकताका मुद्दाहरु बारेमा संचारकर्मीहरु विच प्रतिबिम्बित गर्ने दिन हो । आजको दिन UNESCO र गणतन्त्र उरुग्वे द्वारा आयोजित हाईब्रिड ढाँचामा वार्षिक विश्व प्रेस स्वतन्त्रता दिवस ग्लोबल सम्मेलन गरी ‘डिजिटल घेरावन्दीमा पत्रकारिता ’ भन्ने नारा साथ डिजिटल यूगले अभिब्यक्ति स्वतन्त्रतामा पार्ने प्रभाव, पत्रकारको सुरक्षा, सूचनामा पहुँच र गोपनियताका विषयमा छलफल तथा निर्णय गरिने छ ।
प्रेसले बैस्विक स्तरमा मुद्रन, संपादन गर्दै हाम्रो नेपालमा पनि विभिन्न कालखण्डको विभिन्न परिस्थितीहरुसंग जुझदै आफ्नो उपादेयताको कारणले नै आज यो स्थिती सम्म पुगी ज्ञानजगतको हरेक गतिविधिहरुलाई प्रभावित पार्न सफल भईरहेको छ । प्रेसले आज नेपालको लोकतन्त्र–गण्तन्त्रलाई एक सच्चा प्रहरीको रुपमा भूमिका निर्वाह गर्दै आएको छ । यद्यपि नेपालमा संबैधानिक तथा ब्यवहारिक रुपमा अझै पनि प्रेस स्वतन्त्रता प्रति सुधारको आवश्यकता रहेको छ ।
प्रेस कुनैपनि समाजको आईना (प्रतिबिम्व) हुन्छ र कुनै पनि देशमा प्रेस स्वतन्त्रताले नै सो देशको अभिव्यक्ति स्वतन्त्रता बारेमा तुलना गर्दछ । प्रेस र मिडियाले हाम्रो वरिपरि घटित हुने घटनाहरुबाट हामीलाई अवगत गराउँदै हामीलाई सामाचार बाहकको कार्य गर्दै हामीलाई संसारसँग जोडिएर राखेको हुन्छ । अतः यस यूगमा प्रेसले दुनियाभरमा समाचार पु¥याउने सर्वोत्कृष्ट माध्यम भएकोले प्रेस स्वतन्त्रताको संरक्षण हुनु आवश्यक छ ।
सम्पादकीयको विचार