भूपदेव माली,
राजविराज, २९ चैत्र ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र राजविराज नगरपालिकाले सप्ताहिक घटना दर्ता रुपमा प्रभात फेरी मंगलवार सम्पन्न गरेको छ । समाजमा भएका विभिन्न प्रकारका घटना–परिटनाहरु अभिलेखमा सूचित गरिने उद्देश्यले जनजागरणको रुपमा राजविराजका सम्पूर्ण कर्मचारीहरुले उक्त प्रभात फेरी गरिएको हो । राविराज नगरपालिका कार्यालयको प्राङ्गवाट सुरु भएको उक्त प्रभात फेरी कार्यक्रम गजेन्द्र चौक हुदै सिरहा रोड अदालत रोड हुदै रुपनी वस स्टैन्ड हुदै पुनः राजविराज नगरपालिकाकै प्राङ्गमा आएर समापन गरिएको थियो । राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरु, सम्पूर्ण कर्मचारीहरु, विपदका कर्मचारीहरु, सरसफाईका कर्मचारीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय परिचय पत्र तथ पञ्जिकरण विभाग द्धारा २०७९ वैशाख १ गते देखि ७ गते सम्म घटना दर्ता सप्ताह मनाउने विभागिय निर्देशन अनुरुप उक्त प्रभात फेरीको आयोजना गरीएको थियो । राजविराज नगरपालिकाको सम्पूर्ण वडा कार्यालयमा २०७९ वैशाख १ गते देखि ७ गते सम्म घटना दर्ता सम्पन्धी कार्य थप प्राथमिकता का साथ गरिने राजविराज नगरपालिकाको प्रमुख प्रशासक अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिए । जन्म मृत्यू विवाह सम्वन्ध विच्छेद र वसाई सराई जस्ता घटना दर्ता अन्य दिनको तुल्नामा विशेष प्रथमिकताका साथ गरिने जानकारी गराउनु भयो । साथै सामाजिक सुरक्षा प्राप्त गर्न योग्य लाभग्राहिले समेत आफ्नो निवेदन दर्ता गराउने सकिने उहाले जानकारी गराउनुसँगै घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी कुनै प्रकारको गुनासो भए समेत जानकारी गुनासो दर्ता गर्न सकिने उहाले जानकारी गराउनु भयो ।