भूपदेव माली,
राजविराज, २७ चैत्र ।
हनुमाननगरमा लोकसेवा आयोगका लागि कक्षा संचालन उद्घाटन भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको सहयोगमा निशुल्क लोकसेवा आयोगका कक्षा संचालनको कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झाले गर्नु भएको हो । मदन अधिकारीले कार्यक्रम संचालन गरिएको सो संचालन उद्घाटज कार्यक्रममा ३५ दिन सम्म दक्ष तथा अनुभवी प्रशिक्षकहरुबाट नियमित निशुल्क कक्षा संचालन हुने सो कक्षा संचालन कार्यक्रममा अजय साह, मदन अधिकारी, बालकृष्ण कोईराला, शिव सताशी नगरपालिकाका अधिकृत महेश निरौला प्रशिक्षण दिएका छन् ।
हनुमाननगर स्थित महाविर मा.वि. अन्तर्गतच कक्षा संचालन भएको हुदा विद्यालयका प्रअ छत्र नारायण दासले आवश्यक व्यवस्थापन गरिदै दक्ष प्रशिक्षकहरुलाई आमन्त्रित गरी पठनपाठन गराउने कार्यक्रममा अतिथीको रुपमा सहभागी नगर शिक्षा समितिका सदस्य दिनेश कुमार यादवले जानकारी गराए ।
नगर प्रमुख शैलेश कुमार साहले शिक्षा क्षेत्रलाई प्राथमिकमा राखेर निशुल्क लोक सेवा आयोगका कक्षा संचालन गरिएको हुदा विद्यालयमा सिमित कक्षा कोठालाई दृष्टिगत गर्दै इच्छुक विद्यार्थीहरुलाई आग्रिम सुचना प्रकाशन गरि जानकारी गराएको भएपनि थप इच्छुक विद्यार्थीले बेलामै आवद्ध हुने बताएको छ ।