. भूपदेव माली,
राजविराज, २७ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गतका भारदह बजारमा ढल निकास नहुँदा सडकमा पानी जमेर तथा फोहरमैलाको ब्यवस्थापन नहुदाँ फोहरी बाजारको रुपमा पहिचान भएको छ ।
नगरपालिकाको उदासिनताले गर्दा यो बाजारक्षेत्रका जनप्रतिनिधिहरुले बाजार सफा तथा विकासको नाममा लाखौं रकमहरु निकासगरी ग्वाम्मै खाने गरेका छन् । नाला सफाईको नाममा, कुच्चीकार नियूक्त गरिएको नाममा रकमहरु खाने गरेका हुन् ।
भारदह बाजार एक चौराहाको रुपमा रहेको छ सडकको पेटीमा रहेको ढल निकास (नाला) लाईप्लाष्टिकका कचरा तथा सडकका जम्मै फोहरहरु पुरिएर भरिएका छन, जसकारण वर्षाका पानी सडक भएर बग्ने मात्र नभएर कतिपयको घर आँगन भएर सो पानी बग्ने गरेको देखिन्छ ।
तिनवटा वडाहरु वडा नं. १, ३ र ४ को संयूक्त बाजार रहेको सो क्षेत्रका निकासका लागि कुनै काम हुन सकेको छैन । बजार निकासका लागि नगरपालिका उदासिन भएपनि सो क्षेत्रका वडा अध्यक्षहरु झन बेईमानी गरेको देखिन्छ । बाजार सफा राख्न नगरले नियूक्त गरिएका दुईजना कुच्चीकार जनप्रतिनिधिहरुको ब्यत्तिगत सेवामा मात्र सिमित रहयो भने नालाहरु सफाईको नाममा लाखौं रकम वडाअध्यक्षहरु ग्माम्मै पारे । https://youtu.be/EvXGZtzga00 भिडियो हेर्नुहोस https://youtu.be/EvXGZtzga00
बाजारमा स्थानीय व्यपारीहरुको संरक्षण गर्न रहेको लक्ष्मी व्यापार संघले पनि सुदृढ ब्यवस्थापन सडकलाई छुनेगरी फलफूल तथा चिया नास्ता पसलहरु राख्नु, पसलभित्रका फोहरहरु सडकमा फाल्नु जस्ता कार्यहरु हुनु बाजार ब्यवस्थापनको अभाव भएको सूचक हो ।
बाजार क्षेत्रमा सडक छुने गरी पसलहरु राख्नाले सडक साघुरो भएको मात्र नभई सडकमा छाडा बाख्राहरु छोडी राख्नाले सडक दुर्घटनाहरुको सम्भावना पनि बढेको छ ।