भूपदेव माली,
राजविराज, २७ चैत्र ।
हनुमाननगरमा नगर स्तरीय टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपको शुरुवात, नियमित खोप सुदृढिकरण र सरसफाई सम्बन्धमा १ दिने अभिमुखिकरण कार्यक्रम तथा योजना गोष्ठी आईतवार सम्पन्न भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको आयोजना नगर स्वास्थ्य शाखा प्रमुख विरेन्द्र यादवको अध्यक्षतामा सम्पन्न गोष्ठी नेपाल सरकारले देशभरी चैत्र २५ गते देखि चैत्र १८ गते सम्म र बैशाख ४ गते देखि ८ गते सम्म नगरभरी टाईफाईड उन्मुलन गर्ने उद्देश्यले संचालन गरिने खोप अभियानलाई सफल पार्न सम्पन्न भएको हो ।
हनुमाननगर बाजार स्थित डा. संजय मेमोरियल हलमा सम्पन्न सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवको प्रमुख आतिथ्यमा तथा नगर शिक्षा समितिका सदस्य दिनेश कुमार यादवको विशिष्टआतिथ्यमा सम्पन्न गोष्ठी नगरका सम्पूर्ण निजि तथा सामुदायिक विद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा बोल्दै स्वास्थ्य प्रमुख दुनियालाल यावदले–‘नेपाल सरकारले टाईफाईड निर्मुल पार्न १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई देशभरि नै खोप दिने अभियानको रुपमा संचालन गरिने ’ बताउनु भयो । वहाँले ‘देशका ८० प्रतिशत बालबालिकाहरुले यतिबेला विद्यालयमा अध्ययनरत भएकोले यो अभियानलाई सफल पार्न विद्यालयका प्रअहरुलाई समेत जिम्मेवारी दिएको र यो खोप अभियानलाई पूर्णतः सार्थक पार्न सरसफाई अभियानमा कार्यक्रम समेत राखिएको’ बताउनु भयो । https://youtu.be/Z2RLV1QD4gU https://youtu.be/Z2RLV1QD4gU
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख विरेन्द्र यादवल–‘संचालन गरिने खोपले ३० प्रतिशत मात्र काम गर्ने र ७० प्रतिशत सरसफाईमा आधारित रहेकोले खोप सँगै प्रत्येक घरपरिवार तथा मातृहरुलाई सरसफाई गरिने प्रति ध्यान दिन आवश्यक भएको’ बताउनु भयो ।
नगर स्वास्थ्य शाखा अधिकृत रामदेव यादवले मंच संचालन गरिएको कार्यक्रममा ‘कार्यक्रममा सहभागी सम्पूर्ण विद्यालयका शिक्षकशिक्षिकाले स्वास्थ्य शाखाले दिएको जिम्मेवारी इमान्दातिापूर्ण बहन बारेमा नगरका कुनै पनि बालबालिकाले खोपबाट बंचित नहुने कुरा नगर शिक्षा समितिका सदस्य दिनेश कुमार यादवले बताउनु भयो ।