भुपदेव माली
राजविराज, २७ चैत्र ।
वि.पी.स्मा.प.मा. वि.मा ब्यबस्थापन समितिका लागि सम्पन्न निर्वाचनको नतिजा सार्बजनिक भएको छ ।
सप्तरीको हनुमाननगर ककालिनी न.पा वार्ड न. १ भारदह बजार स्थित वि.पि स्मारक पब्लिक माध्यामिक बिद्यालयका ब्यबस्थापन समितिका लागि जम्मा ९ जनाले उम्मेद्बारी दिएको अवस्थामा एक प्यानल पुरै निर्वाचित भएका छन ।
निर्वाचित हुनेहरूमा राजकुमार गाइम २२४ मत र निकतम प्रतिद्वन्द्वी रामचन्द्र मण्डल ९८ मत, प्रभात कुमार मणडल २०९ निकतम प्रतिद्वन्द्वी हरि सन्तलाइ ९५ मत ,सुनिता माझीलाई २१४ मत र निकतम प्रतिद्वन्द्वी द्रोपती मण्डल १०७ मत ,रन्जना इशर लाई २१७ मत र निकतम सरिता देवी शर्मा लाई ९३ मत तथा स्वतन्त्रबाट ज्ञानेन्द्र खडगा (शंकर खडगा) १४ मत मात्र प्राप्त भएको छ ।
बर्षौदेखि बिद्यालय ब्यबस्थापन समिति विहिन अवस्थामा रहेको वि.पी.स्मा.प.मा. वि.मा इतिहासमै दोश्रो पल्टको निर्वाचन द्वारा समिति गठन भएको हुँदा र योग्य, सक्रिय ,कर्मठ तथा ईमानदार ब्यक्तिहरु निर्वाचित भएकाले बिद्यालयको पठन–पाठन, थप कक्षा संचालन तथा १०+२ कक्षा संचालन हुने बिश्वास गरिएको छ । यधपी यति बेला सम्म पुर्ण समिति बन्न सकेको निर्वाचित राजकुमार गाईमले बताए ।