भूपदेव माली,
राजविराज, ०३ चैत्र ।
भारतीय उपमहाद्धिप विविध संस्कृतिले भरिएको हो । यो दिद्धको नेपाल तथा भारतमा हिन्दुहरुको संस्कार, संस्कृति र पर्व त्योहारहरु प्रसिद्ध रहेको देखिन्छ । हिन्दुहरुको फाल्गुन महिनाको होली पर्व एक प्रसिद्ध पर्वको रुपमा संसारले चिनिन्छन् ।
होली पर्व प्रेम सद्भावसंग जोडिएको छ, जसमा अध्यात्मको अनौठो रुपमा झल्किन्छ । यो पर्वसंग कतिपय पौराणिक कथाहरुसंग पनि जोडिएको छ । होली पर्व प्रेम र सदभावको प्रतिक मात्र नभई असत्य माथि सत्यको विजय, अन्याय माथि न्याायको विजय र अत्याचारी माथि सदाचारीको जितको प्रतिक पनि हो । यो पर्वले मानिस भित्र रहेका द्धेष–ईष्या र दुर्भावनालाई अन्त्य गरी सदभावनाको प्रेरणा दिने गरेको छ ।अर्थात होलिका दहन गरी दुर्भावनालाई अन्त्ये गर्दछ ।
होलिका दहन विधि,
होली उत्साह र उमंगले भरिएको पर्व एवं उत्सव हो । यो दिन भगवान विष्णु भक्तहरुले ब्रत बस्ने गरिन्छन । होलिका दहन गर्नका लागि मानिसहरुले सामुहिक रुपमा दाउरा, गुइठा आदि बटुलेर थुपारिएको हुन्छन् र फाल्गुन शुक्ल पूर्णिमाको दिन संध्याकालमा भद्रा दोष रहित समयमा होलिका दहन गर्ने गरिन्छन् । यद्यपि होलिका दहन पूर्व त्यसको विधि विधान सहित पुजा गरिन्छन् र अग्नि एवं विष्णुको नामबाट आहुती दिन्छन् ।
होलिका दहनको दिन पवित्र अग्निको चारैतिर मानिसहरुले नृत्य गर्छन र फागु सम्बन्धी लोक गीतहरुको आनन्द लिने गर्दछन । यो दिन राधाकृष्णको लिलाहरु एवं ब्रजको होलीको धुन सडक र्चौक, चौराहाहरुमा गुन्जमान हुन्छ र मानिस आनन्द विभोर रहन्छ । होलिका दहनका दिन मानिसहरु आ–आफ्नो घरमा खीर र मालपुआ पकाएर आ–आफ्नो कुलदेवी देवतालाई भोग लगाएर खाने गर्दछन् ।
होलीको प्राचिन कथा
प्राचिन धर्मग्रन्थ अनुसार दितिको पुत्र हिरण्यकष्यपले भगवान विष्णुसंग घोर शत्रुता राख्दथियो । उ आफ्नो शक्तिको प्राचुर्यमा आएर स्वंयलाई नै भगवान ठानेर आफ्नो राज्यमा मै भगवान हुँ, मेरो नै पुजा गर भनेर घोषणा समेत गरेका थिए तथा अन्य देवी देवताको यज्ञ एवं आहुती बन्द गर्न लगाएर भगवानका भक्तहरुलाई विभिन्न यातनाहरु दिने गरेका थिए ।
असुर राजा हिरण्यकष्यपका पुत्र प्रहलाद भगवान विष्णुका परम भक्त थियो । प्रल्हादका पिताले विष्णुको भक्ती गर्न पटकपटक मनाही गरेपनि भक्ती गर्न छाडेनन् । जसकारण असुराधिपति हिरण्यकष्यपले पुत्र प्रल्हादलाई क्यौं पल्ट ज्यान मर्ने प्रयास गरेपनि भगवान विष्णुले रक्षा गर्दै आएका थिए ।
हिरण्यकष्यपको बहिनी होलिकालाई भगवान शंकरले एक दिव्य चादर(ओढने कपडा) दिनुभएको थियो जो चादर ओढदा आगोले कुनै प्रकारको असर हुन सक्दैन्थ्यो । होलिकाले फाल्गुन पुर्णिमाको पूर्व संध्याका दिन भक्त प्रल्हादलाई आगोमा जलाएर मार्नका लागि उक्त दिव्य चादर आफु ओढेर प्रल्हादलाई काँखमा बसाई जल्दै गरेको आगोको चितामा हामफालेकी थिई तर दैव्यवश सो चादर हावाले उडाएर प्रल्हाद माथि गयो । जसकारण होलिकाको दहन भयो अर्थात होलिका आगोमा जलेर मरिन र प्रल्हाद सकुशल बाहिर निस्किनु भयो । यसरी एक अन्यायीको अन्त्ये भई न्यायको जितको उपलक्ष्यमा भोली पल्ट रंगोत्सव भएको हो ।
होली पर्व मनाउनुको बैज्ञानिक लाभ,
जीव बैज्ञानिकहरुले पुष्टि गरेको आधारमा गुलाल(अबिर) शरिरमा दलदा शरीरको त्वचालाई उतेजित गर्दछ र घटनासम्म पुग्दै शरीरको आयन मण्डललाई शक्ति प्रदान गर्दछ र संगै स्वास्थ्यलाई निरोग गर्दछ र सुन्दरतालाई थप उर्जा प्रदान गर्दछ ।
होली विश्व प्रसिद्ध रंगोत्सव तथा पर्वको रुपमा
होली पर्व वा रंगोत्सव बहुयायायिक हो । यो दिन समाजबाट उचनीच, धनीगरिव जस्तो विभाजक भावनाहरु विलुप्त भएर रिस, ईष्र्या विर्सेर घरपरिवार, साथीभाई, गाउँ समाज आपसमा विभिन्न रंगमा रंगिएर हर्षोल्लासका साथ मनाउने गर्छन ।
संसारका सूचिमा परेको होली भनेको भारतको उत्तर प्रदेश राज्य स्थ्ति ब्रज क्षेत्र अर्थात राधाकृष्णले क्रिडा गरेको क्षेत्र हो ।
बरसाना र नन्दगाउँका लडडुमार तथा लट्टीमार होली, गोकुलको छडीमार होली, कोशीकला नजिकको फालैन गाउँको होलिका दहन हुदाँ संत(पंडा) द्वारा जल्दै गरेको आगोमा वारीपारी गरिने होलीका दहन तथा बृदाबनको बाँकेविहारी परिक्रमा होली हेर्न देशविदेशका लाखौं मानिसहरुको घुइँचो हुने गर्छन ।
नेपालको मिथिला भूमि अर्थात धनुषा जिल्लाको कचुरीबाट रामजानकीको डोला उठाएर जल्ही, मठीयानी, जलेश्वर, डाम्ही, धनौरा परिक्रमा गरी महिना पश्चात होलीका दिन कन्चनवनमा पुगेर होली मनाउने परम्परा प्रसिद्ध रहेको छ । हुन त नेपालको तराई मधेशी समुदायमा पारम्पिरिक नटुवा कलाकारहरुले होली गीत संगितमा नृत्य प्रस्तुत गर्र्दै एक टोलबाट अर्को टोल, चौकचौराहा तथा विभिन्न मानिसहरुको घरआँगनमा पुगेर होली मनाउने परम्परा रहेको छ ।
होली पर्वको सकारात्मक पक्षलाई अपनाउनु आवश्यक,
होली पर्व मनाउँदा होलीका दहन संगै आआफ्नो भित्रको ईष्र्या, द्धेष, दुर्भावनालाई समेत दहन गरी सदभावना प्रसस्त गर्दै एकअर्कासंग घाँटीमा घाँटी जोडेर रंग खेल्नु पर्दछ । तर कतिपय समाजिक कृतत्वहरुले रंगहरमा नोक्सान गर्ने केमिकल प्रयोग गरी आर्थिक लाभ लिने गर्दछन, जो गलत हो । यसरी नै होली पर्व अध्यात्मसँग जोडिएको हुदाँ होली पर्व मनाउँदा रक्सी, गाँजा, भाँग आदि प्रयोग गरेर आफ्नो स्वास्थ्यलाई तथा अन्यलाई नोक्सान गर्ने कार्य गरिनु हुदैन ।
होली पर्वको धेरै–धेरै शुभकामना ।