मधेश न्यूज सम्वाददाता,
राजविराज, ०८ फाल्गुन ।
सप्तरीको फतेपुरमा नगरपालिकाको कार्यालयमा चार दलले संयुक्त रुपमा गरिएको तालाबन्दीलाई बलजफ्ती खुलाउदा दुवै पक्ष विच आईतवार भिषण झडप भएको छ ।
चार दलिय गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा संघर्ष समिति निर्माण गरी गत बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएका थिए उक्त ताला नगरपालिका प्रशासनले गत शुक्रबार पुलिस प्रशासनको रोहवरमा खुल्ला गरेको हुदाँ विपक्षी द्वारा खुलाउने क्रममा मेयरपक्ष र विपक्षी संघर्ष समिति विच सो झडप भएको हो ।
कार्यालयमा लगाएको ताला नगरपालिका ले खुलाएपछि आन्दोलनरत गठबन्धन ले पुन आइतबार नगरपालिका कार्यलय मा तालाबन्दी गर्न जादा सुरक्षा निकाएले रोके पछि उत्तेजित भिडले नगरपालिकाको कार्यलयमा ढुङ्गा –मुडा प्रहार गरी कार्यलय भवनमा तोडफोड गरेका छभने आन्दोलनकारीकै ढुङ्गा लागि आन्दोलन कारी तर्फकै वडा न ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा न ९ का स्थानीय किसान यादव घाइते भएका र वडा अध्यक्ष चौधरी को टाउकोमा चोट लागेको छ भने यादव को नाक मा चोट लागेको छ । दुबै घाइतेको स्थानीय फत्तेपुर पोलिक्ल्नििकमा उपचार भैरहेको छ । आन्दोलनकारी नगरपालिका अगाडी नाराजुलुस गर्दै बसेका छ्न भने सुरक्षा निकाएको बाक्लो उपस्थिति रहेको छ । आन्दोलनरत ४ दलिय गठबन्धनले महालेखा नियन्त्रण कार्यलय बाट सप्तकोसी नगरपालिकाको बेरुजु को विवरण तथा आन्तरिक लेखापरीक्षणको विवरण गराइ नगरकार्यपालिका र नगरसभा बाट पारित गरी कानुनी कार्बाही सम्बन्धि निर्णयको विवरण उपलब्ध गराउनु पर्ने, राष्ट्रिय मा. बि फत्तेपुरको भवन निर्माणको मापदण्ड ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा संचालन खर्च ब्याबस्थापन्नको विवरण उपलब्ध गराउनु पर्ने, आर्थिक वर्ष २०७८÷०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, कोभिड नियन्त्रणका नाममा भएको खर्च विवरण उपलब्ध गराउनुपर्ने भन्दै ६ बुँदे माग सहित चार राजनीतिक दलले तालाबन्दी गरेका थिए ।
चार दलले यसअघि नगरपालिकामा गत माघ २४ गते ६ बुदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टीमेटम दिएको थियो । ११ दिन बिति सक्दा पनि माग पूरा नभएकाले तालाबन्दी गर्दा नगरपालिकाले बार्ता नगरी आफुखुशि ताला खोलेर द्वन्द निम्ताएको संघर्ष समितिको भनाइ छ । नगरपालिकामा उत्पन परिस्थिति को बारेमा नगर प्रमुख उत्तम कुमार शर्मा संग बुझ्दा आन्दोलनरत पक्ष को माग पुरा गर्न नगरपालिका जहिले पनि तयार रहेको र कार्यपालिकाको बैठकबाटै निर्णय गरेर आन्दोलनरत पक्षलाइ बार्ता मार्फत उत्पन्न समस्याको समाधान गर्न पटक पटक मौखिक रुपमा मौखिक रुपमा बोलाउदा समेत नआएपछि लिखित रुपमै सोमबार बिहान ८ बजे बार्ताको लागि पत्र पठाउदा समेत कार्यलयमा ढुङ्गामुडा गरी नियोजित रुपमा कार्यलयमा क्षति पुर्याउनु निन्दनीय कार्य गरेको शर्माले बताए ।