भूपदेव माली
राजविराज, ०८ फाल्गुन ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका हनुमाननगर कंकालनी नगरपालिकाका लबनबच सचिव भागवत मण्डलका बुबा रामलखन मण्डलको निधन अबसरमा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूद्वारा श्रद्धान्जली दिएका छन्।
स्वर्गीय मण्डल क्यान्सरका कारण पीडित रहेको आवस्थामा ७४ वर्षको उमेरमा फाल्गुन ७ गते रात्रि ०३ः०० बजेतिर आफ्नो निवास स्थानमा निधन भएकोले उहाँको पार्थिव शरीरमा नेकपा एमालेका जिल्ला इन्चार्ज दिबाकर देवकोटा, प्रदेश कमिटी सदस्य सैलेन्द्र चन्द्र झा, संघीय सांसद सरिता गिरी यादव, जिल्ला सदस्य शोभित लाल यादव, नगर संयोजक देवनाथ यादव लगायतकाले आइतबार फूलमाला द्वारा श्रद्धाञ्जली दिइएको हो।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नमर छ जोगिनिया बस्ने स्वर्गीय mबलमब िछोरा भागवत मण्डल पार्टीको एक जिम्मेवार कार्यकर्ताको रुपमा रहेकाले बुबाको निधन अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुले उपस्थित भई शोक सन्तप्त परिवार प्रति संवेदना प्रकट गर्दै स्वर्गीय मण्डलको पार्थिव शरीरमा फुल अर्पित गरी सर्द्धान्जली दिएको एमाले हनुमाननगर कंकालनी नगर पालिकाका नगर कमिटी संयोजक देवनाथ यादवले बताए।