आज माघ महिनाको पुर्णिमा हो अर्थात माघ स्नानको समाप्तीको दिन हो । आजकै दिन स्वस्थानी ब्रत गर्नेहरुको समाप्तीको दिन पनि हो ।
मानिसको जिवनमा संस्कार तथा परम्पराहरु पनि अहम भूमिका खेल्दछ । संस्कारले अध्यामिक दृष्टिले मनको सुद्धिकरण मात्र नगरि परिवारिक दुरीलाई पनि समिल्याउने परिवारका सदस्यहरुसंग भेटघाट तथा समिप ल्याउने परिवारका सदस्यहरुसँग भेटघाट तथा स्नेह, ममता, प्रेम आदानप्रदान गरी परिवारिक सम्बन्धलाई पनि बलियो पार्ने कार्य गर्दछ । धार्मिक संस्कार र परम्पराले परिवारिक जीवनमा सुख, शान्ति, समृद्धि र अत्यात्मिक चेतनामा बृद्धि हुने प्रेरणा प्रदान गर्दछ । शायद त्यसैले संसारले धर्मप्रति आस्था राख्दछ ।
आजको दिन धेरै स्थानहरुमा मेलाको आयोजन हुने गर्दछ । खासगरी नदीहरुको छेउमा स्वास्थानी ब्रत गर्ने ब्रतालुहरुको बाक्लो मेला लाग्ने गर्दछ ।
पूष पूर्णिमाको दिनदेखि प्रारम्भ गरिने स्वास्थानी देवीको ब्रतकथाको ३१ अध्यायहरु पुरा गरी आज नै समापन गर्दा छरछिमेक तथा आफन्तहरुलाई बोलाएर मिठोमिठो साकाहारी भोजन गराउने र कन्या केटीहरुलाई टिका लगाएर दक्षिणा दिने परम्परा छ । यसले पनि आफन्तहरु तथा छरछिमेक विच सदभाव र अपनत्वमा बृद्धि गर्ने कार्य गर्दछ ।
धार्मिक संस्कार, संस्कृति वा परम्पराहरुले जीव हत्या, लुट बेईमानी गर्नबाट रोक्ने कार्यपनि गर्ने गरेको हुदाँ हाम्रो पूर्खाहरुले चलाउँदै आएको हाम्रा धर्ममा आधारित परम्पराहरुलाई जोगाई राख्न हामीले पनि प्रयत्न गर्नु आवश्यक छ । धार्मिक परम्पराहरुले हामीलाई सुमार्गमा हिडने प्रेरणा दिन्छ ।
सम्पादकीयको विचार