भूपदेव माली,
राजविराज, २७ साउन ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदहको कंकालिनी भगवती मन्दिर देखि १ किमी पूर्वपश्चिम लोकमार्गमा एक ट्रकले पिकअपलाई ठक्कर हान्दा एकजनाको मृत्यू र २ जना घाईते भएका छन् ।
पूर्वबाट पश्चिम तर्फ गईरहेको प्रदेश ३०१, ००१ ग ३७२५ नम्बरको आर्मीबाहक ट्रकले पश्चिमबाट पूर्व तर्फ गईरहेको मे. १ च ६९२५ नम्बरको पिकअपलाई ठक्कर हान्दा पिकअप चालक झापाको दमक बस्ने अ. ४० बर्षिय मेघराज शर्माको मृत्यू भएको छभने पिकअपका सहचालक इटहरी ५ बस्ने भवानी र आर्मी तर्फका मझुवागढी नपा १० खोटाङ्ग बस्ने हाल १८ नं. बाहिनी उदयपुरमा कार्यरत जिवन गिरी घाईते भएको हो ।
मृतकलाई पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाईएको छ भने घाईते हुनेहरुलाई भारदह अस्पतालमा उपचार भईरहेको छ ।
ट्रक तथा पिकअप ईलाका प्रहरी कार्यालय भारदहको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।