भूपदेव माली,
राजविराज, २९ माघ ।
दशक पूर्व स्थानिय जनताको संघर्षपूर्ण प्रयासबाट स्थापना भएको भारदह अस्पताल अझै पनि ब्यवस्थ्ति हुन सकेको छैन । लगभग ३८ जना कर्मचारीहरु कार्यरत सो अस्पतालमा यति बेला एक मात्र डाक्टर, एकजना बरिष्ट अहेव, एकजना स्टाप नर्स, दुई जना दुईजना अहेव र ५ जना अनमी रहेको छ ।यद्यपि कोरोना महामारीको विकट कालमा अस्पताललाई कोरोना अस्पतालको रुपमा परिणत गरी ४ जना विकल्प चिकित्सक र केही थप कर्मचारी सहित औक्सिजन प्लान्टको स्थापना सँगै प्रयाप्त प्राविधिक यन्त्र साधनहरुको व्यवस्थान गरिएको थियो ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका उत्तरी क्षेत्र र पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको अस्पताल २० वटा भन्दा गाउँहरुको केन्द्र बन्न गएको छ । तर यतिबेला व्यवस्थाको अभावमा डाक्टर समेतको अभाव छभने करारमा रहेका कर्मचारीको पनि ग्यारेन्टी भएको अवस्था छैन ।
कोरोना संकटकाल पश्चात पनि २ जना डाक्टरहरु करारमा कार्यरत रहेको भएपनि आन्दोलनका नाममा केही स्थानिय युवाहरुको समूहले अस्पतालमा(भेक्सिन) कोरोना विरुद्धको खोप सम्बन्धी विषय लिएर अस्पतालमा तोडफोडसँगै डाक्टरलाई गालीगलोज गरेको हुदाँ डाक्टरहरु काम छाडेर अन्यत्र काम गर्न गएको अस्पतालका कर्मचारीहरुले बताए ।
भारदह अस्पताललाइृ जिल्ला स्तरीय अस्पताल बनाउन मधेश प्रदेशका सामाजिक विकास मंत्री नवलकिशोर साहले गरेको अथक प्रयासले प्रदेश सरकारको लागतमा आकस्मीक सेवा भवन सहित अन्य भवनहरु बन्ने क्रममा छ ।
निर्माणको क्रममा रहेको अस्पतालको सो भवन पूर्ण हुन तथा थप भवन निर्माणका लागि थप बजेट आउनका लागि कोरोना संक्रमण कालको स्थितका कारण ढिलो हुन गएको मधेश प्रदेशका समाजिक विकास मंत्री नवल किशोर साहले बताउनु भयो ।
निर्माणको क्रममा रहेको भवनलाई निरिक्षण गर्न गएको मंत्री साहले ‘भवन निर्माण पश्चात प्रदेश सरकारको मातहतमा अस्पताल जाने र प्रदेश सरकारले आफ्नो मातहतमा लिएपछि अस्पताल पुर्ण व्यवस्थित साथ संचालन हुने र अस्पताल सर्पदंश उपचार सेवा समेत थप गरिने’ कुरा बताउनु भयो ।
नपाको सिमित शक्तिबाट अस्पताल संचालन गर्न नसकिने भएको हुदाँ विभिन्न विशेषज्ञ डाक्टरहरुको अभाव भएको भन्दै धैर्यधारण साथ कार्यरत डाक्टरहरुसंग स्थानियले व्यवहार गर्नु मंत्री साहले सबैसँग आग्रह गर्नु भयो ।