भूपदेव माली,
राजविराज, २२ माघ ।
यस वर्ष सरस्वती पूजा शनिवार तथा आईतवार गरी दुई दिन मनाईने भएको छ ।
खासगरी तराई मधेशका हरेक विद्यालयहरुमा वसन्त पंचमीका दिन मनाईने सरस्वती पूजा महोत्सव नेपाली पंचाङ्ग र मिथिला पंचाङ्गमा फरकफरक तिथि उल्लेख भएको कारण तराई उत्तरी भेकका विद्यालयहरुमा आईतवार र दक्षिणी भेकका विद्यालयहरुमा शनिवार मनाईएको हो ।
हिन्दु शास्त्र अनुसार संगित ज्ञान, विज्ञान अनि विद्याकी देवीको रुपमा सरस्वती रहेको हुदा विद्या आर्जनमा साथ सहयोग हुने विश्वासमा प्रत्येक वर्षको माघ महिना शुक्ल पक्षको पंचमी तिथिका दिन संसारभरी अध्ययनरत छात्रछात्राहरुले हर्षोल्लासका साथ सरस्वती पूजा महोत्सव मनाईन्छ ।
सरस्वती पूजाको दिनलाई बसन्त पंचमी, श्रीपंचमी पनि भनिन्छ शास्त्रानुसार आजैबाट बसन्त ऋतुको प्रारम्भ हुने गर्दछ । आज किसानहरु ले पनि हलो, गोरु, कृषियन्त्र(औजार) पूजा गरिने चलन सँगै रुखविरुवाको प्रारम्भ हुने दिनको रुपमा मानिने चलन छ । ससाना बालबालिकाहरुलाई आजको दिन अक्षराम्भ गरिने चलन पनि रहेको छ ।
सरस्वती पूजा परम्परागत झै यो वर्ष मनाएपनि यो वर्ष कोरोना महामारीका कारण र दुई दिनको तिथि पर्न गएको कारण खासै उल्लासपूर्ण रहेको देखिएन । उत्तरी भेकमा शनिवार समान्य दिन रहेको छ भने दक्षिणी भेकका चौक चाराहा तथा विद्यालयहरुमा चहलपहल तथा रमझम देखिन्छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गतको भारदह बाजार स्थित रहेको रोयल सेकेन्डरी स्कूलमा हरेक वर्ष सरस्वती पूजाका ेदिन संगितका ध्वनी, भजनकिर्तन तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिने भएपनि यो वर्ष सरस्वती मूर्ति पूजन, प्रसाद वितरण मात्र गरिएको विद्यालयका को–अर्डिनेटर देवनाथ यादवले बताए ।
सरस्वती पूजाको नवजात बालबालिकालाई अक्षर लेखन सिकाई शुभारम्भ गरेमा भविष्यमा ति बालबालिकाहरु तिक्षण बृद्धिका विद्यवान हुने जनविश्वास हुने हुदा यस वर्षको सरस्वती पूजा श्रद्धापूर्वक मनाएपनि खल्लो परेको देखिन्छ ।