भूपदेव माली,
राजविराज, १५ माघ ।
प्रेस चौतारी नेपालको सप्तरी शाखाको सातौं जिल्ला अधिवेसन पछिको पहिलो बैडक शनिवार सम्पन्न भएको छ ।
चौतारीका जिल्ला अध्यक्ष खग्रेन्द्र कार्कीको अध्यक्षतामा बसेको सो बैठकले अधिवेसनमा भएको खर्चको अनुमोदन, अधिवेसनलाई सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन, जस्ता विभिन्न प्रस्तावहरु माथि निर्णय गरिएको हो ।
सप्तरीको कंचनरुप नपाको रुपनगर स्थित नगर अस्पतालको प्राँगणमा सम्पन्न बैठकमा जिल्लाका नवगठित सम्पूर्ण पदाधिकारी सदस्यहरुको उपस्थिती थियो ।
सम्पन्न बैठकले प्रेस चौतारीसंग आवद्ध सम्पूर्ण पत्रकारहरुलाई दक्ष बनाउने तथा जिल्लाका १८ वटै गाउँ तथा नगरपालिकाहरुमा पहिचान–पहुँच तथा सम्वाददातामा बृद्धि समेत गरिने निर्णय समेत भएको र सो को लागि केन्द्रबाट अनुभवी प्रशिक्षक द्वारा सप्ताहिक पत्रकारिता तालिम गराउने विषयमा बृहद छलफल भएको थियो ।