भूपदेव माली,
राजविराज, १२ माघ ।
सप्तरी स्थित राजविराज जेसीजले आफ्नो वेवसाइटको बुधवार एक कार्यक्रमविच शुभारम्भ गरेको छ ।
राजविराज जेसीज भवनमा आयोजित ४७औं पदस्थापन समारोहमा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्दप्रसाद सिंह द्वारा क्लिक गरेर सो वेवसाइट शुभारम्भ गरेक हुन ।
हस्तान्तरण तथा पदस्थापन कार्यक्रमका प्रमुख अतिथि सिंहले समयानुकुल परिवर्तनको लागि गरिएका हरेक कार्यहरुको संरक्षण गर्नु नयाँ पुस्ताको जिम्मेवारी भएको बताएका छन् । वहाँले– इतिहासको संरक्षणले अघिल्लो पुस्ताको सम्मानका साथै भविष्यमा फाइदा हुने बताउदै सिंहले नयाँ इतिहास कायम गर्न शुभकामना दिनुभयो र समाजका विभिन्न क्षेत्रमा असल ढंगले काम गरिरहेका व्यक्तिहरु कुनै बेला जेसीजमा क्रियाशील रहेका व्यक्ति नै भएको उहाँले स्मरण गर्नुभयो ।
शुभकामना मन्तव्यको क्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष एवम् इन्सेक प्रतिनिधि मनोहर पोखरेलले युवाहरुलाई उपयुक्त अवसर उपलब्ध गराई अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने र सक्षम बनाई असल नागरिक बनाउने दायित्व जेसीजले पुरा गर्दै गएमा जेसिजका इतिहास र छवि सदैव कायम रहने बताउनु भयो ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले समाजलाई समृद्ध गर्ने उद्देश्यले ४७ वर्ष अघि स्थापना भएको राजविराज जेसीजका सदस्यहरुले आफ्नो भूमिका र महत्व पुष्टि गर्नुपर्ने बताउनु भयो ।
नयाँ कार्यसमितिको पद हस्तान्तरण तथा पदास्थापन कार्यक्रममा निर्वाचन संयोजक राजविराज जेसीज २०२० का अध्यक्ष पुनम पोखरेलले अध्यक्षमा राजेश मण्डल, कार्यकारी उपाध्यक्षहरुमा मनिष दास, पंकज देव तथा उपाध्यक्षहरुमा विक्रम काबरा, रवि राय, सुनित मुन्ना र सौरभ झा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।
नेतृत्व र व्यक्तित्व विकास गराउन जेसीज सक्षम रहने विश्वास व्यक्त गर्दै राजविराज जेसीजका नवनिर्वाचित अध्यक्ष मण्डलले कार्यसमितिको कानुनी सल्लाहकारमा उज्जवल काबरा, महासचिवमा विप्लब आनन्द र कोषाध्यक्षमा रञ्जना चौधरी तथा सल्लाहकारमा मनोहर पोखरेल र सन्तोष सिन्हालाई मनोनयन गरेको घोषणा गर्नुभयो ।
राजविराज जेसीज २०२१ का अध्यक्ष सिद्धार्थ तातेडको अध्यक्षतामा भएको कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्षहरु कारी मण्डल, उमेश दाहाल, देबेन्द्र देवकोटा, अनन्त साह, मिलन सिंह, सन्तोष सिन्हा, कृष्णकुमार देव, संजय दास, सानीमा बैंक राजविराजका प्रबन्धक प्रसन्न गजुरेल, प्रधानाध्यापक गणेशकुमार दास, नेपाल रेडक्रस सोसाइटी सप्तरीका संजोग देवलगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।