भूपदेव माली,
राजविराज, २६ साउन ।
सप्तरीको भारदह बाजार स्थित पसलहरुको ताला तोडेर चोरी गर्ने चोर सोमवार पक्राउ परेपछि मंगलवार प्रहरी द्वारा जिल्ला अदालत पठाई म्याद थप गरिएको छ ।
साउन २२ गते राती जिनाकान्त नायकको त्रिशक्ती हार्डवेयरमा चोरी गरी नगद रु. र पोर्ताहाको राय टोलमा अर्जुन रायको घरबाट लैपटप चोरी गरि लगिएको दुई दिन नवित्दै भारदह बाजारको हनुमाननगर रोड स्थित रहेको एक पान पसल र बैजु आयरण सप्लायर्समा चोरी हुदाँ सि.सि.टिभी कैमराको आधारमा इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नी. शत्रुधन राउतका टोलीले चोरी गर्ने हनुमाननगर कंकालिनी नपा ३ पोर्ताहाका राम टोल बस्ने बंसत रामको छोरा २८ वर्षिय धिरज रामको घरमा छापा मारदा चोरी गरिएको समानहरु बरामद गरी चोरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कंचनपुर पठाएको हुदाँ ई.प्र.का.कंचनपुरले सो म्याद थपाएको हो ।
द्वारा