भूपदेव माली,
राजविराज, २७ पौष ।
बढदै गएको कोरोना सक्रमणले सप्तरीका विद्यालयहरु विदा दिने क्रम वढेको छ ।
केही दिन देखि नेपालमा पनि कोभिड १९ कोरोनाको संक्रमण तिव्र रुपमा फैलिदै गएको दृष्टिगत गरी नेपाल सरकारमा शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयले पौष २६ गतेको निर्णयबाट अध्ययनरत छात्रछात्राहरुको स्वास्थ्य सुरक्षा तथा बचावटको विशेष ध्यान दिदै आधारभूत तथा मा.वि.हरुको बार्षिक विदामा मिलान हुने गरी पौष २७ गते देखि माघ १५ सम्म विदा दिने निर्णय अनुरुप सप्तरीका गाउँ तथा नगर पालिकाहरुले विद्यालयहरुमा विदा दिन थालेको हो ।
खासमा दक्षिण अफ्रिकाबाट देखा परेको ओमिक्रोन भाईरस छिमेकी मुलुक भारतमा ताण्डव मच्चाउँदै्र नेपालमा पनि भित्रिएको हुदा १८ वर्ष मुनिका बालबालिकाहरुलाई सक्रमणबाट जोगिन खोप नलगाएको हुदा स्वास्थ्य सुरक्षाको दृष्टिले तत्काल विद्यालयहरुमा विदा दिने निर्णण बमोजिम निर्देशको पालना गर्न सप्तरीका पालिकाहरुले पनि विद्यालयहरुमा विदा दिन थालिएको छ ।
कन्चनरुप नपा, महदेवा गापाहरुले विज्ञप्ति जारी गर्दै माघ १५ गते सम्म बन्द गरेको जनाएको छ ।
कन्चनरुप नपाले माघ १५ गते पश्चात माघ २७ गते भित्र १२ देखि १७ वर्षका विद्यालर्थीलाई खोप लगाउनको लागि सहजीकरण गरी दिन विद्यालयका प्र.अ.हरु सँग अनुरोध समेत गरिएको छ ।