भूपदेव माली,
राजविराज, २१ पौष ।
वि.पी स्मारक पब्लिक मा.वि. भारदहको अभिभावक भेला बुधवार सम्पन्न भएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित रहेको विद्यालयको अभिभावक भेलाको अध्यक्षता वडा नं. १ का वडा अध्यक्ष भिमराज मण्डलले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नगरका शिक्षा शाखा अधिकृत हरी नारायण साह रशेको कार्यक्रममा नगरका इन्जिनीयर श्याम सुन्दर यादव, कंकालिनी मा.वि. का प्र.अ. रतन कुमार यादव, मधवापुर मा.वि. का प्र.अ. गणेश यादव लगायतका उपस्थिती रहेको थियो । https://youtu.be/xX6N9wKemcU https://youtu.be/xX6N9wKemcU
२०४८ सालमा विद्यालयको स्थापना भएपनि नियमित तथा प्रक्रियागत रुपमा विद्यालय ब्यवस्थापन समिती गठन हुन नसक्दा विद्यालयमा अराजकता शैक्षिक अनुशासनहिनताको स्थिती उत्पन्न हुदै गएको अवस्थाले वडा अध्यक्षको अथक प्रयासले सम्पन्न भेला आयोजना भएपनि शिक्षा ऐनले तोकेको निर्देशिका बमोजिक प्रयाप्त अभिभावकहरुको उपस्थिती कमी हुन जादाँ भेलाले गन्तव्यमा पुग्न नसकि पूनः आउँदो शुक्रवार सम्मका लागि सारिएको हो ।
सम्पन्न भेलालाई शिक्षक शिव शंकर मण्डलले संचालन गरिएको तथा स्वागत मन्तव्य विद्यालयका शिक्षक शिवशंकर लाल दास प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेका नेता विनोद माझी, गुलाब मण्डल, रामचन्द्र मण्डल, सत्यजीत झा, एमालेका शत्रुधन मण्डल, एमालेका जगदीश प्रसाद मण्डल, पत्रकार भूपदेव माली, ई. श्यामसुन्दर मण्डल, शंकर खडगा, प्रभात मण्डलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयलाई प्लस टु बनाउनु पर्नेमा नगर प्रमुख शैलेष कुमार साह समक्ष पटक–पटक आवेदन अनुरोध गरेपनि हालसम्म कुनै सुनवाई नभएको हुदा प्लस टु स्थापना गर्न हामीले सम्पुर्ण प्रक्रिया पु¥याएपनि हामी सबैले सक्रियता देखाउनु पर्ने बेला आएको विचार वडा अध्यक्ष मण्डलले राखेका थिए ।