भूपदेव माली,
राजविराज, १८ पौष ।
पाँच दिन देखि बन्द रहेको हनुमाननगर कंकालिनी नपाका वडा कार्यालयहरु आईतवार खेलेको छ ।
नगरको वडा नं. ११ सखुवा टोलमा जनमत पार्टी द्वारा आयोजित कार्यक्रममा केही कार्यकर्ताहरुले स्थानिय वडा अध्यक्ष मोही यादवको नाम खोलेर अभद्र तथा अपशब्दहरु प्रयोग गरेको विरुद्ध अध्यक्ष यादव र जनमतका कार्यकर्ताहरु विच भएको झडपको विरोधमा दोषी कार्यकर्ता माथि कानुनी कार्वाही सहितको न्यायिक माँग गरी नगरका १४ वटै वडा कार्यालयहरुमा ताला लगाई कार्यालयको कामकाज थप गरिएको हुदाँ आ ३ दिन भित्र न्यायको वाचा सहितको अस्वासन नगर प्रमुख शैलेश कुमार साहले दिदै बन्द तालालाई वडा अध्यक्षहरुलाई खोल्न लगाएको हो ।
१४ गते देखि वडा कार्यालयहरु बन्द रहनाले जनता धेरै नै काममा अवरोध भएको थियो भने यस विच नगरका सम्पूर्ण वडाध्यक्षहरुले जनमत पार्टीका कार्यकर्ताहरुले गरेको अभद्र व्यवहारको विरोधमा हनुमाननगर स्थित विशाल जनप्रदर्शन तथा विरोध कार्यक्रमहरु गरेका थिए ।
घटनाको बास्तविक छानविन गरी दोषीलाई आवश्यक कानुनी कार्वाही गरिने मेयर शैलेश कुमार साह तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतक विच भएको सहमतिको चर्चा सम्पूर्ण वडाध्यक्षहरुलाई सुनाउँदै वडा कार्यालयको कामकाज सुचारु गर्न लागिएको कुरा वडा नं १ का वडा अध्यक्ष भिमराज मण्डलले बताए ।