भूपदेव माली,
राजविराज, १७ पौष ।
इस्वी सम्वत २०२२ को अवसरमा नेपाल तथा भारतका विरपुर, भिमनगर, करजाईन, बलुवा, सिमराही, राघोपुर आदि क्षेत्रका मानिसहरुले पिकनिक मनाउन नेपालका विशालतम नदी कोशी नदीको पूल(कोशी ब्यारेज) मा पिकनिक (बनभोज) मनाउन घुईचो लागेका छन । https://youtu.be/jOzRvlVf9RI https://youtu.be/jOzRvlVf9RI
इस्वी सम्बत भनेको अन्तरराष्ट्रिय सम्बतको रुपमा मान्यता पाएकोले नयाँ वर्षको आगमनले सबैको सुख शान्ति र उत्तरोत्तर प्रगतिको प्रेरणा प्रदान गरिने खुशियादीमा र यो दिन आफ्ना समस्त ईष्टमित्र तथा आफन्तहरुसँग भेटघाट हुने अपेक्षामा कोशी ब्यारेजको मनोरम प्राकृतिक दृष्ण्हरुको अवलोकन तथा सो ठाउँमा रमाईलो गर्न पिकनिक गर्न घुईचो लागेका हुन् ।
कोशी ब्यारेजको पूवर््पट्टी र पश्चिम पट्टीको नाउज र गोलघर भएको स्थान तथा वगर क्षेत्रहरुमा हजारौं पिकनिक मनाउनेहरुको लाम लागेकाले एक स्तरीय पिकनिक स्पोर्टस को अभाव भएको पिकनिक गर्नेहरुले बताए ।
कोशी नदी नेपालकै विशाल नदीको रुपमा रहेको मात्र होईन यसको धार्मिक महत्वपनि त्यति नै विशाल रहेको छ । धार्मिक वेदपुराणको अनुसार कोशीको पूर्व नाम ‘सत्यवती’ थियो । सत्यवती जगदग्निलाई जन्म दिएर आफ्नो शरीर सहित स्वर्गवास भएकी थिई र पूनः कौशिकीको नामबाट एक महानदीको रुपमा अवतिर्ण भएको थियो । नेपालबाट बेर सो नदी भारतको विहार राज्यमा गंगामा संगम भएको हो । ईस्वी सम्बत १९४७ मा भारत स्वतन्त्र भएपछि नेपाल भारत विच एक सम्भौताको आधारमा २० अप्रिल १९५९ मा भारतका प्रथम प्रधानमंत्री पं. जवाहरलाल नेहरु एवं नेपालका तत्कालिन राजा महेन्द्र शाह द्वारा कोशी ब्यारेज पूलका ेशिलन्यास भएको थियो र भारतका लाल बहादुर शास्त्री तथा नेपालका राजा महेन्द्रको संयूक्त तत्वधानमा २८ अप्रिल १९६५ ईं मा कोशी ब्यारेजको उद्घाटन भएको थियो ।
कोशी ब्यारेज उद्घाटन पश्चात टाढाटाढाका मानिसहरुले ब्यारेज अवलोकन गर्न कोशी स्नान गर्न तथा पिकनिक मनाउन आयनेहरुको प्रारम्भ भएको हो जो आझै पनि चलिरहेको छ ।
मानिसहरुको संख्यामा बृद्धि हुनु संगै कोशी ब्यारेज भ्रमण अनुगमन गर्ने संख्याको पनि बृद्धि हुदै गएको छ । यद्यपि ब्यारेजको पूरानो सुन्दरता अव रहेन । ब्यारेजको वरपर तिरको पिकनिक मनाउने तथा मेलाहरु आयोजना हुने ठाउँलाई मानव बस्ती निर्माण भएसँगै ठाउँहरुको अभाव भएको छ । यसरी नै भारदहको कंकालिनी भगवती मन्दिर भारदहमा पिकनिक गर्नेहरुको तथा दर्शन गर्नेहरुको भिड रहेको थियो ।
कोशी ब्यारेजलाइृ एक पर्यटीय स्थल बनाउन नेपाल सरकारले प्रयत्न गरियो भने नेपालको एक ठूलो पर्यटीय स्थल बन्न सकिने स्थानिय समाजसेवी नुनु देवले बताए ।
ब्यारेज छेउहरु प्रयाप्त जग्गाहरु रहेको छ जसलाई ग्रीनपार्क, ताल तथा होटल विकास गर्नु पर्ने स्थानिय भागवत मण्डलले बताए ।