भूपदेव माली,
राजविराज, ०४ पौष ।
प्रेस चौतारी नेपाल शाखा सप्तरीको आईतवार सम्पन्न भएको छ ।
प्रेस चौतारी सप्तरीका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षतामा एवं चौतरीका पूर्व केन्द्रिय समिति सदस्य मनोहर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो बैठक चौतारीका सप्तरी शाखा अधिवेसन प्रदेश अधिवेसन सम्पन्न गराउने विषयमा गरिएको हो ।
सप्तरीको कंचनरुपन नपाको रुपनगर चौक स्थित सम्पन्न कार्यक्रमको संचालक शिव प्रसाद आचार्यले गरेका थिए भने शाखा सप्तरीका प्रायः सवै सदस्यहरुको उपस्थिती रहेका थिए ।
नेकपा एमालेको निकट रहेको पत्रकारहरुको संगम प्रेस चौतारी नेपालको हुने अधिवेसनमा पत्रकारहरुका लागि सदस्यता खुल्ला समेत गरिएको सुत्रबाट थाहा भएको छ । सुत्र अनुसार पुराना सदस्यता लाई नविकरण गर्ने र नया सदस्यता संगठन द्वारा प्रदान गरिने भएको छ ।
बैठकमा गहनतम विचार विमर्श तथा अधिवेसन केन्द्रित छलफल गर्दा सप्तरी शाखाका सचिव डम्बर राई, पिन्टु यादव, भूपदेव मालीले विचार राखेका थिए ।