भुपदेव माली,
राजविराज, २५ साउन ।
प्रदेश नं. २ का ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सप्तरीका विभिन्न विद्यालयका छात्राहरुलाई प्रदेश २ का समाजिक विकास मंत्री नवल किशोर साह द्वारा साईकल वितरण गरेको छ ।
जिल्लाका कंचनरुप नपाका वडा नं. ३ सुब्बाटोल स्थित शंकर मा.वि. का २२ जना छात्रा, तिरहुत गापा २ मैनाकडेरी स्थित चुमन हरी जनता मा.वि.का ३७ जना छात्रा, तिरहुत ५ लोहजारा स्थित सरस्वती जनता मा.वि.का ३८ जना छात्रा, तिरहुत ४ डिमन स्थित मा.वि.का ४६ जना छात्रा र तिरहुत गोईठी मा.वि. का ४ जना छात्राहरुलाइृ कंचनरुपका मेयर बंसन्त कुमार मिश्र र तिरहुत गापाका अध्यक्ष हेमन्त कुमार बहडखेर यादवको रोहवरमा साईकल वितरण गरिएको हो ।्
प्रत्येक विद्यालयहरुमा आयोजित साईकल वितरण कार्यक्रममा प्रत्येक वडाका वडा अध्यक्ष सहित सप्तरी जिल्ला जनस्वास्थ्य प्रमुख दुनियालाल यादव, जसपाका नेता विकास तिवारी, नेता जय सुन्दर खिडहरी यादव, नेता चितरञ्जन यादव, नेतृ कल्पना चौधरी लगायतको उपस्थिती रहेको थियो । https://youtu.be/DznT2kvPIwE https://youtu.be/DznT2kvPIwE
‘प्रदेश सरकारले छोरीहरुको शिक्षा विकास गर्न प्रत्साहन स्वरुप कक्षा ८ का छात्राहरुलाई साईकल प्रदान तथा ति छात्राहरुको उच्च शिक्षा पठनका लागि भविष्यमा लैपटप समेत दिएर पढनका लागि प्रोत्साहित गरिने सोच रहेको ’ प्रमुख अतिथीको रुपमा मंत्रीसाहले बताउनु भयो । वहाँले छोरी पढेमा प्रदेशमा ५० प्रतिशत आरक्षणको ब्यवस्था सहितको कार्यक्रम प्रत्याभुती गरिने र तत्काल पडाई सकिएकाहरुका लागि योग्यता अनुसार सरकारी सेवामा कार्य गर्न लगाउनु बताउनु भयो ।
प्रत्येक विद्यालयहरुमा स्वास्थ्य सम्बन्धी सचेतनासहितको मन्तव्य जनस्वास्थ्य प्रमुख यादवले राखेका थिएभने बर्तमान देशका राजनैतिक अवस्थाबारे विश्लेसन सहितका मन्तव्य नेता तिवारी राखेका थिए ।
जम्मा ५ वटा विद्यालय गरी जम्मा १४७ जना छात्राहरुलाई साईकल वितरण गरेका सो कार्यक्रमा विद्यालय प्र.अ., शिक्षक, तथा अभिभावक सहितको उपस्थिती रहेको थियो ।