भूपदेव माली,
राजविराज, ०३ पौष ।
संस्थागत विद्यालयसँग राज्य पक्ष द्वारा भेदभाव गरिरहेको सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले बताएका छन् ।
सप्तरीको सदरमुकाम राजविराज स्थित कृष्ण पार्टी प्यालेसमा शनिवार सम्पन्न प्याब्सन सप्तरीको जिल्ला अधिवेशनलाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दे मन्त्री साहले यस्तो बताएका हुन् । प्याब्सन सप्तरीका अध्यक्ष देबानन्द चौधरीको अध्यक्षतामा आयोजित अधिवशेनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री साहले राज्य पक्षले सामुदायिक विद्यालय बाहेकका निजी विद्यालयहरुसँग भेदभाव गरिरहेको बताउँदै आफु पनि त्यसको विरोधमा रहेको बताए । राज्य पक्षले सामुदायिक विद्यालयलाई मात्र ध्यान दिई रहेको कारण देशका मेरुदण्ड झै रहेका निजी विद्यालयहरुसँग किन भेदभाव गरिरहेको प्रति आश्चर्य समेत उनले प्रकट गरे।
सोही कार्यक्रममा विशिष्ट अतिथीको आसनबाट नेपाल प्याब्सन सप्तरीका अध्यक्ष दिनेश कुमार यादवले जिल्ला हनुमाननगर कंकालिनी नगरपालिका बाहेक सबै स्थानीय तहले समेत निजी विद्यालयलाई आफ्नो इच्छाको विषयको नराखेको प्रति आक्रोश व्यक्त गर्दै जिल्लाका सबै स्थानीय तहमा सामुदायिक विद्यालय सरह निजी विद्यालयलाई पनि मान्यता नदिए देशको शैक्षिक स्तर धरापमा पर्ने बताए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा मंचका हित नारायण लाल दास, प्रा. डा. पंचदेव यादव, प्रा. डा. कमानन्द देव, नेपाल प्याब्सनका केन्द्रिय महासचिव शम्भु यादव, ह्यापील्याण्डका प्रिन्सिपल विजयानन्द झा, बरिष्ठ पत्रकार बैद्यनाथ झा, प्याब्सनका जिल्ला अध्यक्ष नरेश प्रताप साह, पत्रकार मनोहर पोखरेल सहितका वक्ताहरुले आ–आफ्ना विचार राखेका थिए ।
संजय शर्माले संचालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरुले गित एवं नृत्य प्रस्तुत गरेका थिए भने जग्गा दाता लाई मन्त्री साह द्वारा दोसल्ला ओढाएर सम्मान समेत गरेका थिए । यस अघि शनिवार बिहानै मन्त्री साहले प्याब्सन भवनका लागि जग्गा दाता स्वर्गीय रबिलाल चौधरीको शालिक अनावरण समेत गरेका थिए । https://youtu.be/7thsk_TiKNg