भूपदेव माली,
राजविराज, २४ मंसिर ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको वडा नंं. ४ स्थित मधवापुर मा.वि. विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्न नगर स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ ।
नगरपालिका द्वारा आयोजित प्रतियोगितामा कक्षा ५ सम्मका छात्रछात्राहरुका लागि चित्रकला, कक्षा ८ सम्मका विद्यार्थीका लागि हाजिरी जवाफ प्रतियोगिता र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि बक्तृत्वकला प्रतियोगिता रहे्को सो कार्यक्रममा नगरका जम्मा २७ वटा सामुदायिक विद्यालयको छात्रछात्राहरुले भाग लिएका थिए
प्रतियोगिता आयोजक समितिका संयोजक दिनेश कुमार यादवको नेतृत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडा अध्यक्ष नागेश्वर मण्डलले गरेका थिए भने विशिष्ट अतिथिको रुपमा शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डल रहेका थिए ।
वि.पी. आधारभूत विद्यालय अर्जीका प्र.अ. राजदेव यादव द्वारा कार्यक्रम संचालन गरिएको प्रतियोगिता तर्फ ५ वटा मा.वि. स्तरका विद्यार्थीहरुले भाग लिएकोमा मधवापुर मा.विका श्रुति कुमारी मण्डल प्रथम र कृष्ण मण्डल दोश्रो संगै कंकालिनी मा.वि.का अञ्जली कुमारी साह तेश्रो भएका थिए । https://youtu.be/DEZngLHf3xI https://youtu.be/DEZngLHf3xI
यसरी नै हाजिरी जवाफ प्रतियोगितामा मधवापुर मा.वि. का शिव कुमार मण्डल र प्रतिमा मण्डल र वि.पी स्मा. मा.वि भारदहका अमल कुमार चौधरी वैश्य र पुष्पाञ्जली कुमारी दोश्रो भएको थियो भने कोशी आधारभूत ब्यारेजका करण कुमार माझी र लक्ष्मी कुमारी मण्डल तृतिय भएको थियो त्यसै गरी चित्रकला प्रतियोगितामा मधवापुर मा.वि.का राजन मण्डल प्रथम र सोहनी मण्डल द्धितिय र जनता प्रा.वि. अण्डीपट्टीका मुकेश कुमार मण्डल तृतिय भएका थिए ।
जम्मा ८६ जना छात्रछात्राहरु भाग लिएको सो प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्राहरुलाई प्रतियोगिता आयोजक समितिका संयोजक एवं नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश कुमार यादव, वडा अध्यक्ष नागेश्वर मण्डल, प्र.अ. छत्र नारायण दास, आयोजक समितिका सचिव तयूब खान, वि.व्यवस्थापन समितिका नि. वर्तमान अध्यक्ष सिताराम मण्डल, नगर शिक्षा शाखाका सन्तोष राउत पत्रकार भूपदेव माली, शिक्षक इन्द्र बहादुर थापा, बैजनाथ मण्डल, प्रिति अधिकारी लगायत द्वारा पुरस्कार वितरण गरिएको थियो भने मन्तव्य दिनेहरुमा विशिष्ट अतिथी शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका प्रमुख विजय कुमार मण्डल, दिनेश कुमार यादव, वडा अध्यक्ष नागेश्वर मण्डल रहेका थिए ।