आज विवाह पंचमी हो । विवाह बन्धनको अवाट्य प्रेमबाट शुरुवात भएको आदर्श प्रेमकथा बोकेर पतिपत्निको सुमधुर दृष्टान्तलाई यादगार गर्ने दिन हो ‘विवाह पंचमी’ । भववान रामसिताको अटुट सम्बन्ध र प्रेमलाइृ यसले दर्शाउने महत्वको विषयमा आजको दिनलाई सान्दर्भिक बनाउँदै संस्कार संस्कृतिलाई अझ बलियो बनाउन सकिन्छ ।
तराई मिथिलाका बासिन्दाहरुले प्राचिन कालदेखि नै मनाउदै आएका विवाह पंचमी अनुष्ठान अहिले पनि उतिकै रौनकपूर्ण एवं हर्षोल्लासका साथ मनाउने गरिन्छ । विषेश गरी मिथिलामा रहेका रामजानकी मन्दिरहरुमा विवाह पंचमी अनुष्ठान विधिवत रुपमा मनाईन्छ नै यद्यपि जनकपुरमा यो अनुष्ठान ७ दिन पूर्व देखि सुरु हुने गर्दछ ।
जनकपुरको उत्सवमा गंगासागरको छेउमा आरती गरिन्छ, रामजानकी मन्दिरमा धुमधामले सजाईन्छ र यो दिन रामसंग सिताको विवाह दर्शन गर्न लाखौं भक्तजनहरु उपस्थ्ति हुने गर्दछन् । यस विच रामजानकी विवाह पंचमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर आदि महोत्सव समापन गरिन्छन् ।
त्रेतायूगमा जनकपुरका राजा जनककी छोरी र अयोध्याका राजा दशरथका छोरा रामसंग आजकै दिन विवाह भएको हुनाले जनकपुरमा आज पनि अयोध्याबाट जन्ती जनकपुर आउने र विविवत रामसिताको प्रतिमा राखेर विवाह गर्ने गरिन्छन् । यो दिन अन्य यूवायूवतीको विवाह गर्न साईत(मुहर्रत) हेर्नु पर्दैन । रामसिताको विवाह संगै उनीहरुले पनि विवाह गर्न सकिन्छ गरिन्छन् पनि ।
आजको दिन मंसिर शुक्ल पंचमी अर्थात विवाह पंचमी के हो । आजको दिनबाट नै हामीले दाम्पत्य जीवनको शुभारम्भ गर्दछौं । आजको दिन सम्झेर हामी विवाह बन्धनमा बाधिने गर्दछौं, त्यसैले सायद हाम्रो दाम्पत्य जीवन सुखमय रहन्छ । अतः यो दिन जीवनका सारा विकारहरु, कुकर्तव्यहरु त्यागेर शान्तिपूर्ण रुपमा रही सितारामका विवाहमा ह्दयतल गरी पूर्ण श्रद्धासाथ उत्सवमा सहभागी भई सत्यको मार्गमा हिडौं ।
सम्पादकीयको विचार