मधेश न्युज सम्वाददाता,
जनकपुरधाम, २१ मंसिर ।
प्रदेश नं २ सरकारको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालयको स्थापना गरे संगै संचालन गर्नका लागि मंगलवार उपकुलपतिको नियुक्ति गरिएको छ ।
प्रदेश २ का अति नै सम्वेदनसिल योजनाको रुपमा रहेको उक्त कृषि विश्व विद्यालय संचालनका लागि समय सक्रियता दिने सक्षम उपकुलपतिलाई नियूक्तिी पत्र प्रदान गरिएको हो ।
प्रदेश २ का नीति तथा योजना आयोगका पुर्व सदस्य सिरहाको मिर्चैया न.पा.–०२ का डा.वैधनाथ महतोलाई सहकुलपतिका लागि सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा कृषि विश्वविद्यालयका कुलपति मुख्यमन्त्री लालवावु राउतले उक्त उपकुलपतिको नियुक्तिी पत्र दिएका हुन ।
डा. महतो जिवनको अधिकांश समय कृषि अध्ययन व्यतित गर्दै कृषि विषयमा एक अव्वल वैज्ञानिकको रुपमा चिनिन्छ ।