भूपदेव माली,
राजविराज, १९ मंसिर ।
सप्तरीमा ब्राउन सुगर सहित आईतवार एकजना पक्राउ परेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी वडा नं. १ भारदहको कोशी ब्यारेजको एक होटलमा ब्राउन सुगर सहित सो ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
ब्यारेजको हनुमाननगर मंदिर स्थित एक होटलमा बसीरहेको बेला इलाका प्रहरी कार्यलय भारदहका प्रमुख प्र.ना.नी. चन्द्र प्रसाद यादवको टोलीले गोप्य सुचनाको आधारमा ब्यक्तिलाई पक्राउ गरेको स्थानीयहरुले मधेश न्यूजलाइृ जानकारी दिए ।
पक्राउ पर्ने हनुमाननगर कंकालिनी १ भारदहको कोशी ब्यारेज बस्ने जितेन्द्र मुखिया रहेको छ । पक्राउ परेका मुखिया संग १२५ मिलीग्राम ब्राउन सुगर रहेको बताउको छ ।