https://youtu.be/PQkxCcVh8Ko https://youtu.be/PQkxCcVh8Ko भूपदेव माली,
राजविराज, १७ मंसिर ।
हनुमाननगर बहुप्राविधिक शिक्षालय द्वारा विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाको हनुमाननगर स्थित महावीर मा.वि. हनुमाननगर कंकालिनी नपाको साझेदारीमा संचालित शिक्षालयमा नव आगन्तुक विद्यार्थीहरुका लागि सो अभिमुखी कार्यक्रम डा. संजय साह मेमोरियल हल हनुमाननगरमा सम्पन्न भएको हो ।
सम्पन्न कार्यक्रमको अध्यक्षता मनिष कुमार यादवले गरेका थिएभने नगर शिक्षा समितिका सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथिको रुपमा ई. श्यामसुन्दर मण्डल, महावीर मा.वि. का प्र.अ. छत्र नारायण दास लगायतका सहभागिता रहेको थियो ।
डिप्लोमा ईन सिभिल, डिप्लोमा ईन जेवोमारिक्स र डिप्लोमा ईन कम्प्यूटर गर जम्मा तिन विषयमा पठनपाठन हुने भएको सो शिक्षलयको स्थापना मेयर शैलेष कुमार साहको अथक प्रयासले गरी यतिबेला २५० जना छात्रछात्राहरुले अध्ययन गरिरहेको हुदा विद्यार्थीहरुलाई मर्यादित–अनुशासित बनाउन सम्पन्न अभिमुखिकरण कार्यक्रम संचालन मनिष कुमार झाले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै दिनेश कुमार यादवले ‘हनुमाननगर कंकालिनी नपाका जनताहरु शिक्षाको अंध्यारोमा रुमलिरहेको बेलामा मेयर शैलेश कुमार साहले बहुप्राविधिक शिक्षालय स्थापना गरिएकोमा अब यहाँका विद्यार्थीहरुले अन्यत्र गई अध्ययन गर्न जानु पर्ने अवस्था नरहेको बताउनु भयो । वहाँले शिक्षालयमा अध्ययनरत विद्यार्थीले दृढसंकल्प तथा कठिन परिश्रम गरेका आ–आफ्ना बाबु–आमाको सपना निश्चय नै साकार गर्ने बताउनु भयो ।
कार्यक्रममा, प्र.स.नी. पवन कुमार झा, कृष्णा यादव, सुभाष यादव, देवकृष्ण खिडहरी, राजेश दास, ई. श्यामसुन्दर मण्डल, प्र.अ. छत्र नारायण दास लगायतकाले आ–आफ्नो मन्तव्य राखेका थिए ।