https://youtu.be/CpWfuKfxfJQ https://youtu.be/CpWfuKfxfJQ भूपदेव माली,
राजविराज, १५ मंसिर ।
सप्तरीको पूर्वपश्चिम लोकमार्ग बनाउनुपर्ने विषय लिएर स्थानियहरु द्वारा चक्काजाम गरेका छन्।
हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह बाजार स्थित पूर्व–पश्चिम लोकमार्गमा जताततै सडक भाँचिएर ठुल्ठूला खाल्टोहरु भएकोले सो खाल्टोको ठाउँहरुबाट उत्पन्न धुलोले स्थानीय मानिसहरु विरामी समेत पर्न जादा सडकको मर्मत सम्भार गर्नुपर्ने विषय लिएर वडा नम्बर३ पोर्ताहाका स्थानीयहरुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चक्काजाम गरेका हुन्।
बुधबार बिहान ७ः०० बजे तिर १०–१२ मिनेटसम्म सडकमा गुड्ने सवारी साधनलाई रोकी सडक अवरुद्ध गर्दा तत्काल इलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रनानी चन्द्र प्रसाद यादव नेतृत्वका टोलीद्वारा सडक खुलाएको थियो।
सप्तरीको बरमझिया स्थिति हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहाको दुई स्थानमा , बाजारको शहिद चौकको चारैतिर र कोशी ब्यारेज पुल निर सडक टुटेर ठूला खाडल हुँदा सो टुटेको ठाउँबाट नौलो निस्किने हुँदा सरकारले सो भत्कीयको सडकको मर्मत गरिनु पर्दछ अन्यथा हामी पुनः चक्काजाम गर्ने स्थानीयहरुले मधेश न्यूजलाई जानकारी दिए।