भूपदेव माली,
राजविराज, १३ मंसिर ।
मधेशका कतिपय ग्रामिण भेकका मानिसहरुले संकिर्ण सोच तथा ‘मै राजा’ सोचले ग्रसित भएर आफ्नै स्थानका विकास कार्यमा अवरोधकको रुपमा उभिएको हुदा मधेशमा अपेक्षाकृत विकास हुन नसकेको प्रदेश २ का समाजिक विकास मंत्री नवल किशोर साह ‘रामबाबु’ ले बताउनु भएको छ । वहाँले फलानो मंत्री वा मेयरको कार्यकालमा विकास भएमा हाम्रो मान–सम्मानमा असर हुने सोच भएका मानिसहरुको सक्रियताले पुरै समाज पछाडी पार्ने गरिएको बताउनु भयो । https://youtu.be/ByBYw3c8eDM https://youtu.be/ByBYw3c8eDM
सप्तरीको तिरहुत गाउँपालिका –४ डिमन मा.वि मा प्रदेश सरकारको लागतबाट निर्मित चारकोठे भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मंत्री साहले सो कुरा भनिएको हो ।
कार्यक्रममा बोल्दै मंत्री साहले–डिमन मा.वि.मा प्रदेश सरकारबाट प्रविधिक शिक्षा दिए पनि स्थनिय केही ब्यक्तिहरुको खिचातानीले गर्दा हालसम्म संचालन नहुदा आफूलाई दुःख लागेको कुरा समेत जिकिर गर्नु भयो ।
आयोजित कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडा अध्यक्ष मनोज यादवले गरेका थिएभने विशिष्ट अतिथिको रुपमा तिरहुत गापाका अध्यक्ष हेमन्त बहडखेर यादव रहेका थिए । शिक्षक भगवती प्रसाद यादवले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा जसपाका केन्द्रिय सदस्य विकास तिवारी, नेता देवेन्द्र झा, मिलन चौधरी, जसपाका यूवा नेता शम्भु प्रसाद चौधरी, जिल्ला जनस्वास्थ्य प्रमुख दुनियाँ लाल यादव, मंत्रीका स्वकिय सचिव राज कुमार यादव समेतको उपस्थिती रहेको थियो ।
पहिलो पल्ट ३५ लाख र दोश्रो पटक २० लाख गरी जम्मा ५५ लाख को लागतबाट बनेको चारकोठे विद्यालय भवन उद्घाटन समारोहको सो कार्यक्रममा मंत्री साहलाई स्थानिय न्यू युनाईटेड युवा क्लवका अध्यक्ष रोशन कुमार यादव तथा क्लवका युवाहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्र.अ. कपलेश्वर यादवले स्वागत मन्तव्य राखेका थिएभने तिरहुत गापाका अध्यक्ष हेमन्त बहडखेर यादव र वडा नं. ४ का वडा अध्यक्ष मनोज यादवले– केही ब्यक्तिहरुले गर्दा विद्यालयको जग्गा अलपत्र अवस्थामा रहेको भन्दै असमाजिक तत्वहरुका कारण विद्यालयका पठनपाठन समेत अव्यवस्थित रहेको धारणा आ–आफ्नो मन्तव्यमा राखेका थिए ।