भूपदेव माली,,
राजविराज २९ भाद्र ।
सप्तरी जिल्ला संकट ब्यवस्थापन केन्द्रले भाद्र २९ गते निर्णय गरी कोरोना सक्रमण रोकथाम एवं नियन्त्रणका लागि राजविराज नपा सहित जिल्लाका विभिन्न स्थानमा लगाएको निषेधाज्ञाबाट आम जनजीवीकामा असरलाई रोक्न परिस्थिती खुकुलो पार्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिएको छ ।
निषेधाज्ञा खुकुलो पार्न गरिएको सो सिफारिस पत्रमा नेपाल सरकार द्वारा निर्धारित मापदण्ड पालना गर्ने गरी सार्वजानिक सवारी साधन बाहेक निजि सवारी वाहनलाई जिल्लाभरि संचालन गर्न दिने, सिटी रिक्सामा २ जना यात्रु राखेर चल्न दिने, खाद्यवस्तु, इन्धन, तरकारी फलफूल, दुध डेरी, हार्डवेयर, कपडा पसल, व्यवसाय संचालनलाई सेनेटाईजर गर्दै, समाजिक दुरी तथा मास्क प्रयोग सहित तापक्रम जाँच गरी संचालन गर्ने, होटल तथा रेष्टुरेन्टले अनलाईन अर्डरको होम डेलिभरी तथा प्याकि· गरी बेच्न सक्ने, उद्योगहरुले नेपाल सरकारका निर्धारित मापदण्ड पूरा गरी संचालन गर्ने, ६० वर्षभन्दा माथि र १० वर्षभन्दा मूनिकाहरुलाई घर बाहिर सार्वजानिक स्थानमा आवतजावत गर्न नदिने, सैलुन, गुद्री बाजार, साप्ताहिक हाट लगाउन नदिने, बैंक तथा वितिय संस्थाहरु मापदण्ड पूरागरी संचालन गर्ने, शैक्षिक संस्थाहरु, मठ–मन्दिर, जात्रामेलमा रोक लगाउने, उद्योग, कल कारखानाहरुमा हाललाई बाहिरबाट मजदुर नल्याउने र कोभिड १९ सक्रमणको कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्र भित्र आवश्यक क्वारेन्टाईन तथा आईसोलेसन लगायतका पूर्वाधारको प्रवन्ध समेत गर्ने उल्लेख गरिएको छ ।