भूपदेव माली,
राजविराज, १२ मंसिर ।
समाजिक विकास मंत्री नवलकिशोर साहले सप्तरीको कंचनरुप नगरपालिका अन्तर्गतका ३ वटा विद्यालयका छात्राहरुलाई साईकल वितरण गरेका छन् ।
प्रदेश नं. का मुख्यमंत्री ‘वेटी पढाउ बेटी बचाउ’ अभियान कार्यक्रम तहत आईतवार तिनवटा विद्यालयका जम्मा १४७ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । https://youtu.be/W4cBQrzEwc8 https://youtu.be/W4cBQrzEwc8
कंचनरुप नपाका ८ स्थित सर्वोदय मा.वि.का ६१ जना छात्रा,वडानं ७ आदर्शटोलका भृकुटी मा.वि.का २५ जना छात्रा र वडा नं. ६ सितापुरका वलुवा स्थित महेन्द्र जनता मा.वि.का ६१ जना कक्षा नौ मा अध्ययनरत छात्राहरुलाइृ साईकल वितरण गरिएको सो कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादव, कंचनरुपनपाका मेयर बसन्त कुमार मिश्र, जसपाका के.स. विकास तिवारी जसपाका जिल्ला सचिव चितरन्जन यादव, कंचनरुप नगर समितिका संयोजक दिगम्वर यादव, उपाध्यक्ष कल्पना चौधरी, जसपा नेता देवेन्द्र झा, नेपाल शिक्षक महासंघका के.स. दिनेश कुमार यादव, महिला नेत्री सरिता ठाकुर, फतमा विवी, प्रेस मंचका के.स. भोला पासवान लगायतका सहभागी रहेका थिए ।
कंचनरुप ८ सर्वोलय मा.वि.का छात्राहरुलाई साईकल वितरण कार्यक्रमका संचालक बद्री सागर चौधरीले गरेका थिए भने अध्यक्षता राजकुमार साहले गरेका थिए । यसरी नै वडा नं. ७ आर्दशटोल स्थित रहेका भृकुटी मा.वि भएको साईकल वितरण कार्यक्रमका अध्यक्षता विद्यालय व्यवस्थापन समितिका नि.वर्तमान अध्यक्ष पूर्णप्रसाद भट्टराईले गरेका थिए र वडा नं. ६ सितापुर बलुवा स्थित महेन्द्र जनता मा.वि.मा भएको साईकल वितरण कार्यक्रमका अध्यक्षता मो.जिविलले गरेका थिए भने प्रमुख स्थानिय वक्ताहरु राजाजी जन जागरण एकेडेमीका पृन्सिपल श्यामानन्द चौधरी र श्याम कुमार यादव रहेका थिए ।