https://youtu.be/4eN1RnHlkU8 भुपदेव माली,
राजविराज, ११ मंसिर ।
प्रदेश नम्बर २ का समाजिक बिकास मन्त्री नवलकिशोर साहले नेपालको संविधानले मधेशी जनताको समुचित अधिकार अझैपनि प्रत्याभूत नगरेकोले हाम्रो पार्टी जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेर विकासको संगै अधिकार प्राप्तीको लडाईका पनि लड्दै आएको बताउनुभएको छ। उहाँले ’मधेसी जनता तथा मधेसी चेलिबेटी का लागि प्रदेशमा सरकारी सेवा का लागि५० प्रतिशत आरक्षण सहित छोरीको जन्मदेखि नै विवाह हुन्जेलसम्म बीमा व्यवस्था गरिएको तथा उच्च शिक्षाका लागि निःशुल्क व्यवस्था सम्बन्धी कानुन पारित गर्न समेत लागेको’ बताउनुभयो। उहाँले अगाडी भन्नुभयो -’कञ्चनरुप नगरपालिका आफ्नो ब्यक्तिगत क्षेत्र नपरेपनि नगरको वडानं १२ पञ्चकन्या मन्दिरमा सामुदायिक भवन १०लाख, वडा नम्बर १०को भोडहा विद्यालय मा २०लाख, वडा नम्बर-७ घोघनपुर- सितापुर स्कुलको पर्खाल रु.१५लाख, वडा नं ७ को भृकुटि मावि भवन रु.२०, वडा नम्बर-८बैरियरको हनुमान मन्दिरमा सामुदायिक भवन २०लाख, वडा नम्बर ७ मा बर्थिङ सेन्टर २० लाख, वडा नम्बर ६जमुनाको अधुरो शिवपार्वती मन्दिर मा रु१० लाख ,वडा नम्बर-६ गोढराजा थानमा सामुदायिक भावना रु.२०लाख, वडा नं३ सुब्बा टोल विद्यालयमा रु.१५लाख ,वडा नं-३बनरैत टोल स्कुलमा रु.२०लाख, वडा नम्बर -३ मा बर्थिङ सेन्टर रु२०लाख ,वडा नम्बर -३ गोरपारमा सामुदायिक भावन निर्माण रु२०लाख ,वडा नम्बर- २ मा कब्रस्तान निर्माण का लागि रु १०लाख, वडा नं१ खत्वे टोलमा सडक निर्माणका लागि रु ३५लाख, वडा नं-१ अधुरो हनुमान मन्दिर निर्माण का लागि रु ५लाख, वडानं१ मलकौरमा सामुदायिक भवन २५लाख, जस्ता विभिन्न योजनाहरुमा लगानी लगानी लगाएर विकास कार्य गरी विकासका किर्तिमान कायम गरेको बताउनुभयो।
मन्त्री साहले-’सप्तरीको कन्चनरुप नगरपालिका का वडा नं ५ पिप्रा पूर्वमा जसमा नेपाल द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा सो कुरा बताउनुभएको हो।
जनता समाजवादी पार्टी नेपाल नगर कमिटी कञ्चनरुप द्वारा सुरु गरिएको संगठन सुढिकरण तथा जन जागरण अभियान तहत आयोजित सो पार्टी प्रवेश कार्यक्रमका अध्यक्षता पार्टीका नगर संयोजक सुदम्बर यादवले गरेका थिए भने कार्यक्रमको संचालन जसपाका नेता चितरंजन यादवले गरेका थिए।
नगरको दुई वटा वडाहरु गरी जम्मा तिन स्थानहरुमा कार्यक्रम आयोजन गरिएको सो प्रत्येक कार्यक्रमहरुमा मन्त्री शाह प्रमुख अतिथिको रुपमा र अतिथिहरुमा नगर उपाध्यक्ष कल्पना चौधरी, सोभा पासमान, प्रेस मञ्चका केन्द्रीय सदस्य भोला पासमान, दक्ष नारायण श्रेष्ठ, सुरेश यादव, जय सुन्दर यादव रामचन्द्र साह, बमबहादुर श्रेष्ठ ,युवानेता मिलन चौधरी, सम्भु चौधरी लगायतका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको थियो।
वडा नम्बर ५ पिप्रा पूर्वमा १०३ जना महिला तथा पुरुष ,वडा नम्बर ५को पथरी टोलमा ८५ जना महिला तथा पुरुष र वडानं ९को सिध्दपुर टोलमा ५७ जना महिला तथा पुरुष हरुले राजपाको सदस्यता ग्रहण गरी प्रवेश गरेका थिए भने नवप्रवेशीहरुलाई मन्त्री साहले टिका एवं फूलमालाले पार्टी प्रवेश गराएका थिए।