भूपदेव माली,
राजबिराज, ०८ मंसिर ।
हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश कुमार साहले आफ्नो नगरमा गरिएको विकास कार्यहरूको अनुगमन गरेका छन्।
नगरमा विभिन्न योजना द्वारा भएको निर्माण कार्यहरु गुणस्तरीय तथा पूर्णता पाएको छ छैन भनी विभिन्न स्थानमा पुग्दै सो स्थानका योजनाहरूको अवलोकन गर्दै त्यहाँका स्थानीय जनतासँग प्रत्यक्ष संवाद सहित अवलोकन गर्ने गरिएको हो ।
मेयर साहले अवलोकन गर्नेक्रममा बुधवार वडा नम्बर–१ भारदहको भिट टोल स्थित मुस्लिमहरुको कबरगाह बनाउन दिएको बजे बाट भएको निर्माण कार्यहरुलाई अवलोकन गरी थप कार्यका लागि आवश्यक बजेट दिने वचनबद्धता प्रकट गर्दै सो टोलका अन्य समस्याहरु बुझ्न जनतालाई भेला गरिएका थिए ।
टोलमा विद्यावान बिजुली पोल जडान, बिजुली ट्रान्सफर्मर, बाटो आदिको समस्याहरुलाई बुझ्न यो.जेनुल मियाको अध्यक्षतामा टोलका आम भेला आयोजना गरी सो भेला द्वारा स्थानीय जनताको गुनासो सुन्दै निकट भविष्यमा सो समस्याहरु समाधान गर्ने वचनबद्धता प्रकट गरेका थिए।
अबलोकन टोलीमा मेयर साह सहित नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश यादव, समाजसेवी इन्द्रदेव यादव, हरिश्चन्द्र बर्मा समेत रहेका थिए।