भूपदेव माली,
राजविराज, ०६ कार्तिक ।
सप्तरीको हनुमानगर कंकालिनी नपा १ को नेकपा एमाले वडा समितिलाई मनोयन गरी विस्तार गरको छ । शनिवार बसेको वडा भेला द्वारा १४ सदस्यीय वडा समितिलाई थप १३ जना मनोनयन गरी २७ सदस्यीय समिति बनाई विस्तार गरेको हो ।
समितिका अध्यक्ष शत्रुधन मण्डलको अध्यक्षतामा सम्पन्न सो भेला कार्यक्रममा जिल्ला सदस्य जगदीश प्रसाद मण्डल, शोभितलाल यादव, ब्रजकिशोर मंडल, नगर समितिका संयोजक देवनाथ यादव, नगर समितिका सदस्य दिलिप यादव, लगायत ३० जना भन्दा वढी नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
विद्यमान रहेको समितिका थप महादेव मंडल, राम नारायण सुतिहार, वियय मंडल, इन्द्रदेव मंडल, विरेन्द्र कविर, मोतिलाल यादव, राजेश मंडल, रामप्रसाद साह, संतोष मंडल, शिवशंकर राउत, सुभाष मंडल, गुरुदेव विश्वास समेतलाई मनोयन गरी २७ सदस्यीय वडा समिति गठन गरिएको छ ।