भूपदेव माली,
राजविराज, ०३ कार्तिक ।
सोमवार रातीबाट प्रारम्भ भएको अविरल वर्षाले हजारौं विगहा जग्गाको धान बाली नष्ट पारेको छ ।
सोमवार राती देखि प्रारम्भ भएको अविरल वर्षाले मंगलवार रातीसम्ममा ठूलो वाढीको रुपमा परिणत हुदाँ फलिसकेको धानवाली खेतीलाई डुवानमा पारेर धानबाली लगायत कतिपय घरहरु समेत नष्ट पारेको हो । https://youtu.be/yQ2rT4LmhoY
सप्तरीको कोशी नदी, महुली खोला, खाँडो खोला, बलान आदिमा बाढी आउनाले सो क्षेत्रहरुका कतिपय गाउँटोल समेत डुवानमा परि करोडौंको क्षती पु¥याएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं. ५ का लोखरम टोल ,तिलाठी कोईलाडी गापाका तिलाठी, सकरपुरा, हनुमाननगर कंकालिनी नपाका रम्पुरा मल्हनियाँ गाउँटोल पुर्ण रुपमा डुवानमा परेका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा अन्तर्गत रहेका कोशी छेउका कतिपय टोलका घरहरु डुवानमा परेका छन भने सो डुवान क्षेत्रका केरा बगान, धान खेती आदि डुवानमा पर्नाले कृषकहरु मारमा परेका छन् ।
नगरको उत्तरी भेकमा रहेको महुली खोलामा क्षमता भन्दा वढी पानी बहाव बढनाले बाँधको माथिबाट पानीले कंकालिनी मन्दिरको क्षेत्र डुवानमा पर्न जादाँ सोको राती अवलोकन गर्न नगर प्रमुख शैलेश कुमार साहले जादाँ तत्काल बाँधको नियन्त्रण बारे चिन्ता ब्यक्त गर्दै सम्बन्धित निकायहरुमा सुचना प्रवाह गरेका थिए ।
यो वर्ष भरि मध्ये सवभन्दा वढी पानी पर्न जादाँ र विना मौसमको वर्षाले सवभन्दा वढी छेती धानको बालीलाई भएकोले किसानहरुले सरकारलाई गुहारेका छन् ।
नगरको उत्तरी भेकमा महुली खोलाको पानीले बर्षेनी नोक्सानी गर्दै जानाले सोको बुधवार विहान सिडिओ जनार्दन गौतम , शसस्त्र प्रहरी बल, नेपाली सेना, जनपथ प्रहरी र नगर प्रमुख शैलेश कुमार साह सहितको टोलीले महुली खोलाको निरिक्षण गरेका छन् । महुली खोलाको बाँध दिर्घकालिन नियन्त्रण गर्नका लागि आवश्यक पहल गर्ने मेयर तथा सिडिओले बचनवद्धता व्यक्त गरेका थिए ।
यसरी नै सुनसरी, सिरहा, धनुषा आदि जिल्लाहरुमा वर्षाले ठूलो छेती पु¥याएको हाम्रा सम्वाददाताहरुले जानकारी गराएका छन । https://youtu.be/yQ2rT4LmhoY