भूपदेव माली,
राजविराज, २६ असोज ।
नवरात्रीमा सप्तमी तिथि फुलपातीका दिन बेली परिक्षण गरिने सप्तरीको हनुमाननगर कंकालिनी नपा १ भारदह स्थित कंकालिनी भगवती मन्दिरमा मंगलवार परम्परागत रुपमा परिक्षण गरेको छ ।
नवरात्र पूजामा बैदिक विधि अनुरुप खण्ड, झण्डा, बाजा आदि सहित पूजारी समुह तथा स्थानियहरु सैकर्डाैको संख्यामा बेली परिक्षण शोभायात्रा सम्पन्न गरिएको हो ।
कंकालिनी मन्दिरमा बेली परिक्षण एवं निशा पूजा अनुष्ठान विशेष महत्व राखेकाले सो अनुसार बेली परिक्षण यात्रालाई शोभा बढाउन स्थानियहरुको विशेष सहभागिता रहेको थियो । बेलुका ०५ बजे मन्दिरबाट प्रस्थान गरिएको बेली परिक्षण यात्रा भारदह बाजार परिक्रमा गर्दै भारदहको दक्षिण टोलमा पुगी विधिवत बेल तोडेर पुनः मन्दिर फर्केका थिए ।
मनिदरमा परम्परागत रुपमा अष्टमी तिथिको दिन बलि चढाउने राङ्गाको आगमन हुने भएपनि यो वर्ष मंगलवार देखि नै केही राङ्गाहरु मन्दिर परिसरमा आई सकेको छ । https://youtu.be/PbgVDmT627c https://youtu.be/PbgVDmT627c
आजै फुलपाती मूल तिथी रहेकोले शस्त्र प्रहरी बल दन्तकाली गण बरमझीयाले कुभिण्डोको बलिदिएर सलामी समेत दिएको थियो ।
यसरी नै सप्तरीका छिन्नमस्ता भगवती मन्दिरमा खसी बोका बली प्रदान तथा भक्तजनहरुको भारी भिड रहेको थियो भने राजविराज स्थित रहेको राजदेवी मन्दिरमा नेपाली सेना, जनपथ तथा शस्त्र प्रहरी बल राजविराजले कुभिण्डोको बलि तथा सलामी दिएको थियो ।