भूपदेव माली,
राजविराज, २३ असोज ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा वडा नं. ३ पोर्ताहामा नेकपा एमालेको वडा समिति गठन गरिएको छ ।
द्ेवनाथ यादवको अध्यक्षतामा आयोजित वडा स्तरीय भेला द्वारा ११ सदस्यीय शनिवार वडा समिति गठन भएको हो ।
आयोजित भेलामा २ नं. प्रदेश कमिटीका सदस्य शैलेन्द्र चन्द्र झा(बुधन झा) प्रदेश सदस्य आसरा देवी चौधरी, जिल्ला सदस्य शोभितलाल यादव, जि. सदस्य जय प्रकाश गोईत कंचनरुप नपाका मेयर बसन्त कुमार मिश्र, नगर संयोजक देवनाथ यादव सहितको उपस्थिती रहेको थियो ।
गठित समितिको अध्यक्ष पदमा बद्री नारायण खिडहरी यादव, उपाध्यक्ष अशोक कुमार गोठिया, सचिव बसन्ती बस्नेत यादव, सदस्यहरुमा सुरज मंडल, चन्दर सदा रंजित राय, भोगी सदा समेत गरी १५ सदस्यीय समिति गठन गरिएको छ ।
आयोजित भेलामा एमालेले आउँदो कार्तिक ५ गते भित्र नै नगरको प्रत्येक वडाहरुमा वडा समिति बनाउने प्रदेश कमिटि सदस्य शैलेन्द्र चन्द्र झाले चर्चा गर्नु भयो ।